close

यस्तो छ चन्द्रमामा सडक बनाउने वैज्ञानिकहरूको योजना

टेकपाना टेकपाना

कात्तिक ५, २०८० १०:५९

यस्तो छ चन्द्रमामा सडक बनाउने वैज्ञानिकहरूको योजना

काठमाडौं । विश्वभरका अन्तरिक्ष एजेन्सीहरूको ध्यान अहिले चन्द्रमामा छ । तमाम देश चन्द्रमा मिसन पठाएर त्यसमा खोज गर्न चाहन्छन् । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको योजना सन् २०४० सम्म चन्द्रमामाथि निर्माण सुरु गर्दै घर बनाउने रहेको छ । वैज्ञानिकहरूको एक समूहले जर्नल साइन्टिफिक रिपोर्ट्समा केही नयाँ निष्कर्ष दिएका छन् । 

उनीहरूको बुझाई छ कि चन्द्रमाको धुलो त्यहाँ पक्की सडक र ल्यान्डिङ प्याड बनाउने कार्यमा प्रयोग गर्न सकिन्छ । यो काम विशाल लेन्सको सहयोगमा गर्न सकिन्छ, जसले सूर्यको प्रकाश प्रयोग गर्नेछ । 

स्पेस डटकमको रिपोर्ट अनुसार चन्द्रमामाथि रहेको धुलो निकै हदसम्म त्यहाँ ज्वालामुखी चट्टानबाट बनेको हो । लाखौं वर्षमा त्यो नष्ट भएर पाउडर जस्तो भएको छ । 

भलै चन्द्रमा हामीलाई सेतो देखिए पनि त्यहाँ रहेको माटो खैरो रङ्गको छ । किनकि चन्द्रमामा हावा पानी छैन । त्यसैले त्यहाँ रहेको धुलो निकै धारिलो छ र चन्द्रमासँग सम्बन्धित मिसनका लागि खतरा साबित हुन सक्छ । 

यदि श्वासको रूपमा त्यो शरीरभित्र गएको खण्डमा अन्तरिक्ष यात्रीहरूको फोक्सोमा क्षति पुर्‍याउन सक्छ । त्यसले चन्द्रमामा रहेका ल्यान्डर तथा स्पेसुटमा समेत नोक्सान पुर्‍याउन सक्छ । 

चन्द्रमामाथि पक्की सडक बनाएर रोभरलाई सम्भावित नोक्सानीबाट जोगाउन सकिन्छ । चन्द्रमामाथि सडक बनाउनका लागि वैज्ञानिक त्यहाँ रहेका स्रोतसाधनलाई बढीभन्दा बढी उपयोग गर्न चाहन्छन् । 

वैज्ञानिकहरूले पृथ्वीमा त्यससँग सम्बन्धित एक प्रयोग समेत पूरा गरेका छन् । उनीहरूले नक्कली चन्द्रमाको माटोको स्ल्याब बनाउनका लागि पगालेर हेरे र उक्त कार्यमा सूर्यको प्रकाश उपयोग गरेका थिए । 

अनुसन्धानबाट चन्द्रमाको माटोबाट लगभग २५ सेन्टिमिटर चौडा र २.५ मिलिमिटर मोटो टाइल बनाउन सकिने देखिएको छ । त्यसलाई चन्द्रमाको सतहमा सडक र ल्यान्डिङ प्याड बनाउने कार्यमा प्रयोग गर्न सकिन्छ । 

सो काममा लगभग ५.७ फिट ब्यास भएको लेन्स आवश्यक पर्नेछ । यद्यपि यस प्रकारका टाइल कति बलियो हुनेछन् र के तिनलाई ल्यान्डिङ प्याडमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अहिले अनुसन्धान पूरा हुन बाँकी नै छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ५, २०८० १०:५९