close

नेपालमा हाइड्रोजनबाट चल्ने मल कारखाना

टेकपाना टेकपाना

असोज १६, २०७९ ८:५९

काठमाडौं । आउँदो असोज २४ र २५ गते नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समिट हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल ग्रीन हाइड्रोजन समिट (एनएचजीएस) हुन लागेको हो ।

एसआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल सरकार अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइँ मन्त्रालयले संयुक्त रूपमा यो समिट गर्न लागेका हुन् । होटल सोल्टी काठमाडौंमा हुने समिटको मुख्य नारा 'नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिँदै गरेका हिमालका लागि एन्टिडोट' रहेको छ ।

हरित हाइड्रोजनको उत्पादन, भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्‍याउने लक्ष्य सम्मेलनले लिएको छ । साथै नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण गर्ने उद्देश्य राखिएको छ ।

योसँगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ ।

सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदार, बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दूतावास, अन्तर्राष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहने बताइएकाे छ ।

यसैबीच नेपालमा हाइड्रोजनबाट चल्ने मल कारखानाको सम्भावना कस्तो छ भन्ने विषयमा विन्ड पावर नेपालका सीईओ कुशल गुरूङसँग हामीले कुराकानी गरेका छौं । 

 

पछिल्लो अध्यावधिक: असोज १६, २०७९ ९:३