close

विन्डोज ११ मा नयाँ अपडेट, पासवर्ड असुरक्षित भए चेतावनी दिने

टेकपाना टेकपाना

असोज १८, २०७९ १०:२९

विन्डोज ११ मा नयाँ अपडेट, पासवर्ड असुरक्षित भए चेतावनी दिने

काठमाडाैं । माइक्राेसफ्टले विन्डाेज ११ काे भर्सन २२ एच २ (22H2) मा ‘इन्ह्यान्च्ड फिशिङ्ग प्राेटेक्सन’ फिचर ल्याएकाे छ । यस नयाँ अपडेटले असुरक्षित एप अथवा साइटमा पासवर्ड टाइप गर्दा खतराकाे सूचना देखाउने छ, जसका लागि माइक्राेसफ्ट डिफेन्डर प्रयाेग हुनेछ । माइक्रोसफ्टले ल्याएकाे याे विशेषता स्मार्टस्क्रिन टेक्नोलोजीमा आधारित छ ।

साथै याे नयाँ अपड‍ेट उपभोक्ता र व्यावसायिक प्रयोगकर्ता दुवैले प्रयाेग गर्न सक्नेछन् । अब याे नयाँ अपडेटपछि प्रयाेगकर्ताले असुरक्षित एप अथवा वेबसाइटमा पासवर्ड लगायत अरु महत्त्वपूर्ण जानकारी टाइप गर्दा प्रयाेगकर्ता र एडमिनले खतराकाे सूचना प्राप्त गर्नेछन् ।

स्मार्टस्क्रिनले माइक्राेसफ्टका उपभोक्ता खाताहरूका लागि खाताहरू व्यवस्थित गर्ने, पासवर्डहरु सेभ गर्नेजस्ता काम गर्दछ। साथै यसले प्रयोगकर्ताहरूलाई उनीहरूले आफ्नो पासवर्ड परिवर्तन गर्न आवश्यक भएकाे जानकारी दिने गर्दछ ।

नयाँ अपडेटपछि अब प्रयोगकर्ताहरूले असुरक्षित ठाउँमा पासवर्ड टाइप गरेपछि पप-अप चेतावनी देखिनेछ, जसमा त्याे एप अथवा साइट असुरक्षित भएकाे र  पासवर्ड चोरीको रिपोर्ट माइक्रोसफ्टलाई गरिएकाे भन्ने खालकाे सन्देश देखिन्छ । याेसँगै तपाईंलाई पासवर्ड परिवर्तनकाे अनुराेध गरिएकाे पनि सन्देश देखिनेछ ।

याेबाहेक अब प्रयाेगकर्ताले आफ्नाे माइक्राेसफ्ट खाताकाे पासवर्डहरू पुन: प्रयोग गरे भने तिनकाे सट्टा बलियो र भिन्न पासवर्ड प्रयोग गर्न चेतावनी आउनेछ । साथै प्रयाेगकर्ताले आफ्नाे पासवर्ड नाेटप्याड अथवा माइक्राेसफ्ट ३६५ का एपहरुमा टाइप गरेर सेभ गर्ने प्रयास गरे भने पनि ‘यो एक असुरक्षित अभ्यास हो र तिनीहरूलाई फाइलबाट मेटाउनुहाेस’ भन्ने खालकाे सन्देश देखिनेछ ।

यस नयाँ विशेषता उपभोक्ता र व्यावसायिक प्रयोगकर्ताका लागि बिना लाइसेन्स नै उपलब्ध छ । तर एम ३६५ डिफेन्डर सेक्युरिटी पोर्टलमा फिशिङ सेक्युरिटी अलर्टहरू हेर्न व्यावसायिक ग्राहकहरूसँग पहुँच प्रदान गर्ने इजाजतपत्र जस्तै  ई ५ भने हुन पर्दछ । 

 

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ १०:२९