close

टिकटक लाइभमा बस्न अब १८ वर्ष पुग्नुपर्ने

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १६:३१

टिकटक लाइभमा बस्न अब १८ वर्ष पुग्नुपर्ने

काठमाडौं । अब टिकटकमा लाइभ बस्न तथा हेर्न १८ वर्ष उमेर पुग्नुपर्ने भएको छ । लाइभस्ट्रिमका लागि नयाँ उमेर हद ताेक्ने क्रममा टिकटकले यस्ताे व्यवस्था गरेको हाे । कम्पनीले लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओन्ली’ क्याटेगोरीमा राखेको छ ।

योसँगै अब टिकटकमा लाइभ बस्न र लाइभ हेर्नका लागि १८ वर्ष हुनुपर्ने छ । हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने प्रावधान छ । पुरानो प्रावधानलाई परिमार्जन गर्दै आउँदो नोभेम्बर २३ तारिख अर्थात् मंसिर ७ देखि नयाँ उमेर हद लाग्ने कम्पनीले जनाएको छ ।

यो परिवर्तन टिकटक कम्युनिटीलाई सुरक्षित राख्नका लागि गरिएको कम्पनीले उल्लेख गरेकाे छ । विशेषगरी बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्ने योजनाका साथ यस्ताे कदम चालेको हो कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार यो व्यवस्था आगामी हप्ताबाटै परीक्षणका रुपमा केही प्रयोगकर्तामाझ उपलब्ध हुन सक्नेछ । भने, आउँदो मंसिर ७ गतेबाट भने पूर्ण रुपमा लागू हुनेछ ।

यसरी लाइभस्ट्रिमलाई ‘एडल्ट ओन्ली’ क्याटोगरीमा राख्नुको अर्थ टिकटकमा नग्नता, पोर्नोग्राफी वा अश्लील सामग्रीलाई खुला नगरिएको अर्थ्याएकाे छ । यसका लागि टिकटकले लाइभ गर्दा अडियन्सको उमेर छान्ने सुविधा क्रियटरलाई उपलब्ध गराउने जनाएको छ ।

उदाहरणका लागि लाइभमार्फत जाेक सुनाउने हो भने १८ वर्षभन्दा माथिका अडियन्स उपयुक्त होलान् । यदि कसैले आफ्नो जीवनको कठिन अनुभवहरू सुनाउन चाहेको छ भने त्यो पनि वयस्क अडियन्सलाई मात्रै उपयुक्त होला ।

यसरी कन्टेन्ट र कन्टेक्सटका आधारमा उमेर हद छनोट गुर्नपर्ने व्यवस्था टिकटकले ल्याउन लागेको हो । यसका साथै टिकटकले कीवर्ड फिल्टरिङ टुल पनि सार्वजनिक गर्न लागेको छ ।

यसमा प्रयोगकर्ताले आफूलाई आपत्तिजनक लाग्ने कीवर्ड उल्लेख गरेमा ती शब्दहरू साथीभाइले आफ्ना पोस्टको कमेन्टमा लेख्न नमिल्ने जनाइएको छ । साथै लाइभ गर्नेले अन्य पाँचलाई मोडेरेटरका रूपमा समावेश गर्नसक्ने गरी कम्पनीले ‘मल्टि–गेस्ट’ फिचर पनि सार्वजनिक गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १६:३१