close

स्टार्टअप सम्बन्धि निःशुल्क सेमिनार आयोजना गर्दै स्किल सेवा

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ ११:५२

स्टार्टअप सम्बन्धि निःशुल्क सेमिनार आयोजना गर्दै स्किल सेवा

काठमाडौं । घर, अफिस, होटेल तथा अन्य संस्थाका लागि अनलाइन मार्फत परामर्श तथा मर्मत सेवा दिँदै आएको स्किल सेवाले स्टार्टअप व्यवसायीलाई लक्षित गर्दै स्टार्टअप सेमिनार आयोजना गर्ने भएको छ । दुई दिनसम्म चल्ने सेमिनार यही शनिबारदेखि बबरमलस्थित स्किलसेवाको सभाहलमा बिहान १० बजेबाट सुरु हुनेछ ।

'जे गर्छु नेपालमै गर्छु,' भन्ने मूल नाराको साथ स्किल सेवाले निःशुल्क सेमिनार आयोजना गर्न लागेको जनाएको छ ।

नेपालमा स्टार्टअपको विगत र वर्तमान अवस्था, भविष्यमा त्यसको महत्त्व आदि कुरामा केन्द्रित भएर सेमिनार आयोजना गरिने कम्पनीले जनाएको छ ।

"कतिपय मानिसहरू नयाँ व्यवसाय गर्ने सोचमा  हुन्छन् । तर, उनीहरूलाई कम्पनी सुरु गर्नुभन्दा अगाडि आवश्यक पर्ने कानुनी प्रक्रियाका बारेमा कमै जानकारी हुन्छ । सेमिनारमा कानुनी प्रक्रियाको समग्र जानकारी प्रस्तुत गरिने छ," कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

साथै उक्त सेमिनारमा स्टार्टअप कसरी सुरु गर्ने ? कुन क्षेत्रमा गर्ने ? स्टार्टअपमा कस्ता समस्याहरू आउने गर्छन् ? ती समस्याको समाधान कसरी गर्ने भन्ने कुरा उदाहरण सहित जानकारी दिइने जनाइएको छ । स्टार्टअप कम्पनीहरू स्थापना गर्दा विभिन्न सोचका साथ गरेको भए पनि काम सुरु गर्दै जाँदा विभिन्न वाधा आउने गर्छन् । त्यस्ता समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत चर्चा गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ १२:२७