close

५० वर्षपछि चन्द्रमा पुग्यो नासाको रकेट

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १५:५२

५० वर्षपछि चन्द्रमा पुग्यो नासाको रकेट

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको आर्टिमिस-१ रकेट चन्द्रमाका लागि सफलतापूर्वक प्रक्षेपण भएको छ ।  मानवबिहिन यो रकेटले बुधबार बिहान फ्लोरिडाबाट आफ्नो पहिलो उडान गरेको हो ।

३२ तल्ले स्पेस लन्ज सिस्टम (एसएलएस) रकेट केप क्यानेभेरलको केनेडी स्पेस सेन्टरबाट नेपाली समय अनुसार साढे १२ बजे प्रक्षेपण गरिएको थियो । यस रकेटका माध्यमबाट पठाइएको ओरियन क्याप्सुलले तीन हप्तासम्म चन्द्रमाको यात्रा गरी पुनः पृथ्वीमा फर्किनेछ ।

पहिलो चन्द्रयान सफल भएको ५० वर्षपछि यो नासाको सबैभन्दा सफल कदम हो । यदि तीन हप्ताको यो परीक्षण उडान सफल भयो भने यो रकेटले चन्द्रमाको वरिपरि फराकिलो कक्षमा खाली चालक दलको क्याप्सुल बोकेर डिसेम्बर महिनामा प्रशान्त महासागरमा फिर्ता हुनेछ । 

यो मिसन अमेरिकाको प्रोजेक्ट एपोलोको अर्को चरण हो । नासाले सन् २०२४ मा चार जना अन्तरिक्ष यात्री चन्द्रमामा पठाउने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२५ मा आम सर्वसाधारणलाई चन्द्रमामा पुर्‍याउने योजना बनाएको छ ।

 

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १६:१०