close

कस्तो छ साढे २३ लाख रुपैयाँ पर्ने हेनरी मिनि कार ?

टेकपाना टेकपाना

मंसिर २२, २०७९ १४:२

काठमाडौं । नेपाली बजारमा चार महिनाअघि भित्रिएको हेनरी मिनि कारले धेरैको ध्यान तानेको छ । पायोनियर वर्ल्डवाइडले भित्र्याएको यो विद्युतीय कारको मूल्य साढे २३ लाख रूपैयाँ तोकिएको छ ।

१५० किलोमिटरसम्म रेन्ज दिने बताइएको यो कार अधिकतम १०० किलोमिटर प्रति घण्टाको गतिमा गुड्नसक्छ । यसमा १६.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री र १८ किलोवाट क्षमताको मोटर दिइएको छ ।

कम्पनीले ब्याट्रीका लागि पाँच वर्ष र मोटरका लागि तीन वर्षको वारेन्टी दिएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ १८:४०