close

अब  खल्तीबाटै चिडियाखानाको  टिकट काट्न सकिने

टेकपाना टेकपाना

पुस ४, २०७९ ११:२८

अब  खल्तीबाटै चिडियाखानाको  टिकट काट्न सकिने

काठमाडौं । अब सदर चिडियाखानाको टिकट खल्ती डिजिटल वालेट मार्फत काट्न सकिने भएको छ । खल्तीले आफ्ना प्रयोगकर्ताको लागि सजिलै  सदर चिडियाखानाको टिकट काट्न मिल्ने फिचर थप गरेको हो। 

यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ।  यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “बिशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। अब परिवारसंग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउदा घर बाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।”  
 
खल्तीबाट चिडियाखानाको टिकट काट्न यसो गर्नुहोस्:
- खल्ती एप को होमस्क्रिनमा  ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस्    
- उपलब्ध अप्सन जस्तै विद्यार्थी, बालबच्चा, बिदेशी पर्यटकमा आफुलाई चाहिएको कोटामा टीक गर्नुहोस्  
- आफुलाई आवश्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस्  
- पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस्  
 खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सकिनेछ । साथै  खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन  एक जना प्रयोगकर्ताले  ३२ इन्चको यासुदा टिभी जित्न सक्नेछन्। 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ ११:३१