close

वर्ल्डलिङ्कलाई नोकियाको 'होम कनेक्टिभिटी सर्भिस इनोभेसन' अवार्ड

टेकपाना टेकपाना

पुस ८, २०७९ ११:९

वर्ल्डलिङ्कलाई नोकियाको 'होम कनेक्टिभिटी सर्भिस इनोभेसन' अवार्ड

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड 'नोकिया जीटीएफएफ फिक्स्ड नेटवर्क्स कस्टुमर अवार्ड २०२२' बाट सम्मानित भएको छ । सेवामा नवप्रवर्तन ल्याउन सफल भएको भन्दै नोकियाले कम्पनीलाई 'होम कनेक्टिभिटी सर्भिस इनोभेसन' अन्तर्गतको यो अवार्डबाट सम्मानित गरेको हो । 

"वर्ल्डलिंकले प्रतिकूल भौगोलिक परिस्थितिकाबिच पनि ग्राहकलाई नोकिया वायरलेस क्लाउड कन्ट्रोलरमा जोड्न अग्रणी भूमिका निर्वाह गरेकोले कम्पनीलाई सर्भिस इनोभेसनः इन-होम कनेक्टिभिटी विधा अन्तर्गतको अवार्ड प्रदान गरिएको छ," नोकियाको नेटवर्क पूर्वाधार, एफएन सीटीओ तथा एमसीए विभागका सोलुसन सपोर्ट लिड स्यारी एन्नीले बताइन् । 

नोकियाले यही डिसेम्बर ७ देखि ८ सम्म सिङ्गापुरमा आयोजित 'गेट टु फास्ट फास्टर २०२२' कार्यक्रम माझ वर्ल्डलिङ्कलाई यो अवार्ड प्रदान गरेको हो । हाल कम्पनीको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या सात लाख भन्दा बढी तथा प्रयोगकर्ताको सङ्ख्या ३० लाख भन्दा धेरै छ ।

देशका सातै प्रदेशका ७४ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । कम्पनीले देशका विभिन्न १४ हजार भन्दा बढी स्थानमा फ्री वाईफाई सेवा समेत उपलब्ध गराउँदै आएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार नेपालको फिक्स लाइन इन्टरनेट सेवामा वर्ल्डलिङ्क कम्युनिकेसन्सको बजार हिस्सा करिब ३५ प्रतिशत रहेको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ १२:१४