close

पीएसपी समिटमा वक्ताको रूपमा नेपाल आउँदै अश्नीर ग्रोभर

टेकपाना टेकपाना

पुस १५, २०७९ १२:५४

पीएसपी समिटमा वक्ताको रूपमा नेपाल आउँदै अश्नीर ग्रोभर

काठमाडौं । पौष २६ गते भारत पेका संस्थापक अश्नीर ग्रोभर नेपाल आउँदैछन् । स्विभ्ट टेक्नोलिजी प्रालिले भुक्तानी सेवा प्रणालीलाई केन्द्रित गर्दै आयोजना गर्न लागेको पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) समिटमा वक्ताका रूपमा ग्रोभर नेपाल आउने भएका हुन् ।

टेकपानासँग कुरा गर्दै स्विभ्ट टेक्नोलोजी प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक सुवास साहीले उनी नेपाल आउन लागेको जानकारी दिएका हुन् । "नेपालमा २७ ओटा भुक्तानी सेवा प्रदायक छन्," उनले भने, "जसमा अहिले दुई ओटा मात्र सक्रिय छन् । बाँकी २५ ओटा कहाँ छन्, किन बजारमा देखिँदैनन्, उनीहरूले के गर्नुपर्थ्यो र राज्यले उनीहरूलाई कसरी सहायता गर्नुपर्छ भन्ने विषयमा बहस हुनेछ ।"

सो कार्यक्रमका लागि नेपालका सबै भुक्तानी सेवा प्रदायकलाई  निमन्त्रणा गरिसकेको उनले बताए । विशेषगरी भुक्तानी सेवा प्रणालीमा केन्द्रित भएकाले भुक्तानी प्रणालीमा नवीनतम काम गर्ने उद्यमीलाई कार्यक्रममा सहभागी गराइने उनको भनाइ छ ।

स्वीभ्टको निर्माणाधीन परियोजना सयपत्रीको प्रवर्द्धनका लागि पनि उक्त समिट आयोजना गरेको उनले जनाए । "हामीले अफलाइन हुँदा पनि भुक्तानी गर्न सक्ने माध्यम सयपत्रीको आन्तरिक परीक्षण गरिरहेेका छौं," उनले भने, "भुक्तानी सेवा प्रदायकले भोगेका समस्या र त्यसका समाधानको उपायका साथै सयपत्रीको प्रवर्द्धन गर्न उक्त कार्यक्रम आयोजना गर्न लागेका हौं ।"

कार्यक्रम कहाँ आयोजना हुन्छ भन्ने तय भइसकेको छैन । शाहीका अनुसार सम्भवतः म्यारियट वा र्‍याडिसन होटेलमा उक्त समिट आयोजना हुन सक्नेछ ।

 

पछिल्लो अध्यावधिक: पुस १५, २०७९ १२:५४