close

स्न्यापच्याट डाउन, युरोप र अमेरिकाका प्रयोगकर्ता प्रभावित

टेकपाना टेकपाना

जेठ ९, २०७७ १६:१९

स्न्यापच्याट डाउन, युरोप र अमेरिकाका प्रयोगकर्ता प्रभावित

काठमाडौं । फोटो शेयरिङ एप स्न्याप च्याटमा कनेक्टिभिटीको समस्या देखिएको छ । शुक्रबार देखिएको यो समस्याबाट मूख्यतया अमेरिका र युरोपका प्रयोगकर्ताहरू प्रभावित भएका छन् । 

वेबसाइट आउटेजको विषय ट्र्याक गर्ने प्लेटफर्म डाउन डिटेक्टरलेले सामाजिक सञ्जालमा यस विषयमा जानकारी सार्वजनिक गरेको छ । उसले  भिडियो तथा फोटो नदेखिने समस्याको विषयमा सयौं रिपोर्टहरु प्राप्त भएको जनाएको छ । 

डाउन डिटेक्टरका अनुसार यस किसिमको समस्याबाट मूख्यतया अमेरिकाका पूर्वी र पश्चिमी तटदेखि लन्डन, पेरिस र नेदरल्याण्डका प्रयोगकर्ताले यो समस्या बेहोरिरहेका छन् । 

स्न्यापचेट समर्थन ट्विटर खाताले अझै टिप्पणी गरेको छैन, यद्यपि सामाजिक नेटवर्क अनुप्रयोगमा निराश टिप्पणीहरूको लहरको साथ आलोचना गरिएको छ।

ट्वीटरमा स्न्याप च्याट प्रयोगकर्ताहरुले आफ्ना तस्वीर लोड नभएको र कुनै स्टोरी समेत नदेखेको भन्दै असन्तुस्टी पोखिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३