close

सामसङका पूर्व कर्मचारी माथि कम्पनीको डेटा चोरी चीन लगेको आरोप

टेकपाना टेकपाना

जेठ ३०, २०८० ९:१२

सामसङका पूर्व कर्मचारी माथि कम्पनीको डेटा चोरी चीन लगेको आरोप

काठमाडौं । सामसङका एक पूर्व कर्मचारीमाथि कम्पनीको विभिन्न प्रविधिसँग सम्बन्धित संवेदनशील डेटा चोरी गरि चीन लगेको आरोप लागेको छ ।  

सामसङको दक्षिण कोरिया स्थित कार्यालयमा निर्देशकको रुपमा काम गरेका उक्त कर्मचारीले कम्पनीको प्रविधि चोरी गरेर चीनमा छुट्टै चिप फ्याक्ट्री खोल्ने तयारी गरिरहँदा यो कुरा बाहिर आएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ ।

चीन र अमेरिका पछि चिप उत्पादन क्षेत्रमा दक्षिण कोरिया तीव्र रुपमा अगाडि बढिरहेको छ । रोयटर्सका अनुसार ती कर्मचारी सामसङ कै डेटा चोरी गरेर सामसङ जस्तै चिप फ्याक्ट्रि चीनमा खोल्न लागेको कोरियाली निकायले पत्ता लगाएको हो । 

ती कर्मचारीले करिब २३ करोड ३० लाख डलर (३० अर्ब ६६ करोड २८ लाख) बराबरको डेटा चोरी गरेका हुन् ।

कोरियाली निकायले ती कर्मचारीलाई गत महिना पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ । यद्यपि उनको परिचय भने अहिलेसम्म खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८० ९:१२