close

विद्यार्थीका लागि भायनेटको आकर्षक इन्टरनेट प्याकेज

टेकपाना टेकपाना

असार ७, २०७७ १५:२८

विद्यार्थीका लागि भायनेटको आकर्षक इन्टरनेट प्याकेज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले विद्यार्थीलाई लक्षित गर्दै ‘ई–लर्निङ’ नामक नयाँ प्याक सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय अनलाइन कक्षाले प्राथामिकता पाएको छ ।

शैक्षिक संस्थाले भिडियो कन्फ्रेन्सिङ र भिडियो ट्यूटोरियल जस्ता टूलहरुको प्रयोग गर‍ी आफ्ना विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । यस्तो अवस्थामा विद्यार्थी तथा शिक्षकलाई उच्च गतिको ब्याण्डविथ आवश्यक परिरहेको छ ।

यसै आवश्यकतालाई मध्येनजर गर्दै भायनेटले ई–लर्निङ नामक नयाँ प्याकेज ल्याएको हो । ई–लर्निङ प्याक अन्तर्गत बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीड ५० एमबीपीएस हुनेछ । अन्य समयमा भने २५ एपबीपीएस गतिमा चल्नेछ ।

विद्यार्थी र शिक्षकलाई बिना अवरोध हाई स्पीड इन्टरनेटमा क्लास सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यका साथ यो प्याक ल्याइएको कम्पनीले जनाएको छ । यो प्याकेजमा ‘फोकस मोड’ विशेषता र नेट टीभी सर्भिस समेत समावेश छन् ।

‘फोकस मोड’ अन्तर्गत सुरक्षाका लागि ‘भाय सेक्योर’ प्रयोग गरिएको छ । जसको मद्दतले गेम, युट्यूव, फेसबुक लगायतका थुप्रै साइटलाई ब्लक गरी अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पढाइमा ध्यान केन्द्रीत गर्न सकिने छ ।

यसैगरी यो प्याकेजमा समावेश गरिएको नेट टीभी सर्भिसमा २५० भन्दा बढी च्यानलका साथै ‘पज्’ र ‘प्ले’, क्याचअप टीभी, मूभी अन डिमाण्ड र मोबाइल एप जस्ता विशेषता समेत राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याक मासिक १७ सय रुपैंयामा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१