close

ग्राहकको सहजताका लागि सुबिसुले सञ्चालनमा ल्यायो सेल्फ केयर पोर्टल

टेकपाना टेकपाना

भदौ १०, २०७७ १४:४४

ग्राहकको सहजताका लागि सुबिसुले सञ्चालनमा ल्यायो सेल्फ केयर पोर्टल

काठमाडाैं । सुबिसु केबलनेटले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । यो पोर्टलको प्रयोगबाट ग्राहकले आफूले खरिद गरेको सेवाको बारेमा  विविध जानकारी लिन सक्नेछन ।

साथै अनलाइन भुक्तानीबाट सेवा नवीकरण गर्न पनि सकिनेछ भने आफ्नो हालको सेवालाई आफुले चाहेअनुरुप विभिन्न सेवा योजनामा अपग्रेड गर्न सक्नेछन् ।

ग्राहकको सहजता र सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थप्दै जाने बताएको छ ।

सुबिसु सेल्फ केयर पोर्टल याे लिंकबाट प्रयोग गर्न सकिने छ ।

साथै कम्पनीकाे वेबसाइट मा रहेको कस्टमर लगईनद्वारा पनि प्रयोग गर्न सकिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३