close

सुबिसुको सिस्टम अपग्रेड सम्पन्न, इन्टरनेट नचले सम्पर्क गर्न आग्रह

टेकपाना टेकपाना

असोज २०, २०७७ ११:२६

सुबिसुको सिस्टम अपग्रेड सम्पन्न, इन्टरनेट नचले सम्पर्क गर्न आग्रह

काठमाडौं । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिको मुख्य सिस्टम अपग्रेडको काम सम्पन्न भएको छ । गय राती १ बजेदेखि ३ बजेको बीचमा कोर सिस्टम अपग्रेडको काम सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ ।

अपग्रेडसँगै कम्पनीको लिगेसी सिस्टम अब नयाँ प्रविधि आईपीभी सिक्समा जानका लागि पूर्णतः तयार भएको छ । अबको दुई तीन महिनामै आधा जसो ग्राहकलाई आईपीभी सिक्समा स्थानान्तरण गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

अपग्रेडको समयमा इन्टरनेट सेवामा देखिएको समस्या समेत समाधान भइसकेको जनाउँदै सुबिसुले कहिँ कतं एन्टरनेट अवरुद्ध भएको भए जानकारी गराउन आग्रह गरेको छ ।

जसका लागि उपत्यका भित्रका ग्राहकहरुले ०१४२३५८८८ अथवा ९८०१२३५८८८ मा कल गर्न तथा ९८०११५८९९९ मा भाइबरबाट सम्पर्क गर्न सक्नेछन् । यस्तै ईमेलमार्फत समेत गुनासो टिपाउन सकिने कम्पनीले जनाएको छ ।

उपत्यका बाहिरका ग्राहकका लागि भने टेलिफोन नम्बर ०१४२१७४४४ को व्यवस्था गरिएको छ । साथै ९८०११५८६६५ मा एसएमएस तथा भाइबर सम्पर्क गर्न सकिनेछ भने छुट्टै ईमेलको व्यवस्था समेत गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०