close

२००० फिट उचाईमा रहेको जहाजबाट खस्दा समेत फुटेन आईफोन !

टेकपाना टेकपाना

पुस ५, २०७७ ८:५३

२००० फिट उचाईमा रहेको जहाजबाट खस्दा समेत फुटेन आईफोन !

काठमाडौं । यदि ३-४ तलाको घरबाट कुनै फोन तल खस्यो भने फुट्ने कुरा करिब निश्चित हुन्छ । तर यदि कुनै फोन आकाशबाट तल खस्यो भने के होला ? तर हालैमात्र एउटा यस्तो अविश्वसनीय घटना घटेको छ, जसमा विश्वास गर्नै मुश्किल छ ।

हालै एउटा हजाई जहाजबाट आईफोन सिक्स तल खसेको थियो, तर पनि फुटेन । केवल स्क्रिनमा केही सामान्य स्क्र्याच आएको थियो । प्रविधि सम्बन्धी समाचार लेख्ने साइट जीवानका अनुसार यो घटना ब्राजिलको हो ।

रिपोर्टअनुसार ग्यालिटियो नामका एकजना ब्राजिलियन डकुमेन्ट्री फिल्ममेकर कुनै प्रोजेक्टका लागि एउटा सानो विमानबाट केही शट रेकर्ड गरिरहेका थिए । त्यसक्रममा आफ्नो आईफोन सिक्स एसबाट केही शट लिन खोजे ।

सानो विमानको झ्यालबाट जसै उनले आफ्नो हात बाहिर निकाले, फोन तल झर्न पुग्यो । ग्यालिटियोको भनाईमा जब फोन हातबाट तल झर्‍यो, त्यतिखेर विमान करिब २००० फिटको उचाईमा थियो ।

उनले सोचे कि पक्कै पनि यति उचाईबाट झरेपछि फोन काम नलाग्नेगरी फुट्यो होला । विमान अवतरण भएपछि ग्यालिटियोले जसै फाइन्ड माई फोन एप प्रयोग गरे, आईफोन सिक्स एसको लोकेसन देखिन थाल्यो ।

रिपोर्टअनुसार एपको सहयोगमा जब ग्यालिटियो फोनको लोकेसनमा पुगे, तब उनी अचम्ममा परे । फोन चालु अवस्थामा थियो । फोनमा सामान्य केही स्क्र्याच मात्र भएको थियो । त्यसबाहेक फोन पूर्ण रुपमा काम गर्नसक्ने अवस्थामा थियो ।

ग्यालिटियोले दाबी गरेका छन् कि उनको फोनमा एउटा स्क्रिन गार्ड र एउटा सामान्य सिलिकन कभर लगाइएको थियो । यो घटनाबाट एप्पलका आईफोन केवल मूल्यको हिसावले मात्र महंगा नभएर, त्यसको निर्माणदेखि सफ्टवेयर तथा हार्डवेयरमा निकै मेहनत गरिएको हुन्छ भन्ने कुरा देखिन्छ ।

फोनले डेढ घण्टाको भिडियो समेत रेकर्ड गरेको छ । जसलाई ग्यालिटोले युट्युवमा पोस्ट गरेका छन् । जसमा प्रयोगकर्ताहरुले त्यसलाई एप्पलले विज्ञापनको रुपमा प्रयोग गर्न सक्ने भन्दै मजाक गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०