close

शुक्रबार ग्यापु र सिभिल मलको न्यू इयर कन्सर्ट, सहभागीलाई ईकमर्स सेवामा छुट

टेकपाना टेकपाना

पुस १६, २०७७ १५:९

शुक्रबार ग्यापु र सिभिल मलको न्यू इयर कन्सर्ट, सहभागीलाई ईकमर्स सेवामा छुट

काठमाडौं। नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजनामा शुक्रबार  ‘न्यू इयर सेलिब्रेसन’ गरिने भएकाे छ ।

काठमाडौ सुन्धारास्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा अलमोडा राना उप्रेती र इन्नोभ एठ ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकी बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसीले बताइन्।

कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ।

कोभिड १९ का कारण लामो समयदेखि साङ्गीतिक कार्यकम नभइरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए।

कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ। कार्यक्रम एक्सलट्रिप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो ।

ग्यापु र सिभिल मलकै आयोजनामा २५ डिसेम्बर ‘क्रिसमस’ को अवसरमा पनि लाइभ कन्सर्ट गरिएको थियो ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०