close

कार्यालय भाडा नतिरेपछि ट्वीटर बिरुद्ध मुद्दा दायर

टेकपाना टेकपाना

पुस १८, २०७९ ९:१०

कार्यालय भाडा  नतिरेपछि ट्वीटर बिरुद्ध मुद्दा दायर

काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको मुख्य कार्यालयको भाडा तिर्न नसके पछि ट्वीटर बिरुद्ध मुद्दा दायर भएको छ । ट्वीटरको मुख्यालय रहेको भवनको मालिक क्यालिफोर्निया प्रोपर्टी ट्रस्टले १ लाख ३६ हजार दुई ५० डलर (करिब एक करोड ८० लाख रुपैयाँ) भाडा तिर्न नसकेकोमा एलन मस्कको सामाजिक सञ्जाल कम्पनीलाई मुद्दा हालेको हो । 

ब्लूमबर्गका अनुसार कम्पनीले डिसेम्बर १६ मा ट्विटरलाई भाडाको विषयमा सूचित गरेको र बक्यौता रकम तिर्नको लागि आग्रह गरेको जनाएको छ । बक्यौता रकम तिर्नको लागि पाँच दिनको समय दिँदा पनि ट्वीटरले बक्यौता रकम नतिरेपछि कम्पनीले मुद्दा दायर गरेको हो । 

डिसेम्बर १३ को न्यू योर्क टाइम्सको रिपोर्ट अनुसार, ट्विटरले पछिल्ला केही समयहरूमा आफ्नो लागत बचत गर्न आफ्नो सबै विश्वव्यापी कार्यालयहरूमा भाडा तिर्न बन्द गरेको छ । मस्कले ट्वीटरको स्वामित्व लिएको पहिलो हप्तामा प्रयोग गरेको चार्टर उडानहरूको बक्यौता रकम नतिरेकोमा पनि मुद्दाको सामना गरेको थियो । 

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ ९:४३