close

माघ १८ मा सार्वजनिक हुँदै 'सामसङ ग्यालेक्सी एस२३', २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुने

टेकपाना टेकपाना

माघ १, २०७९ १०:३६

माघ १८ मा सार्वजनिक हुँदै 'सामसङ ग्यालेक्सी एस२३', २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुने

काठमाडौं । सामसङ ग्यालेक्सीको नयाँ सिरिज ‘ग्यालेक्सी एस२३’ फेब्रुअरी १ मा सार्वजनिक हुने भएको छ । यसअघि उक्त फोनका विभिन्न फिचरबारे जानकारी बाहिरिसके पनि फोन कहिले सार्वजनिक हुन्छ भन्ने कुरा निश्चित थिएन । कम्पनीले हालै 'ग्यालेक्सी अनप्याक्ड' इभेन्टमार्फत याे सिरिज सार्वजनिक गर्न लागेकाे जानकारी दिएकाे छ ।

यसअघिकाे सिरिज एस२२ मा १०८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएकोमा एस२३ सिरिजमा २०० मेगापिक्सेको क्यामेरा सेन्सर प्रयोग हुने अनुमान छ । एस२३ सिरिज आकर्षक डिजाइनका साथ बजारमा आउने अपेक्षा गरिरहँदा हालै वनलिक्सस्मार्टपिक्सले सामसङको आउँदो प्लस मोडेलको फ्ल्यागशिपको बाहिरी आवरण (डिजाइन)बारे विभिन्न कुरा बाहिर ल्याएका छन् ।

बाहिरिएका लिकलाई आधार बनाउने हो भने ग्यालेक्सी एस२३ मा क्वाल्कमको स्न्यापड्रागन ८ जेन २ प्रोसेसरद्वारा सञ्चालित हुनेछ । त्यस्तै एन्ड्रोइड भर्सन १३ मा आधारित हुने फोन 'वन यूआई ५' मा चल्नेछ । 

स्मार्टपिक्सका अनुसार ग्यालेक्सी एस२३ प्लस मोडेल ग्यालेक्सी एस२२ प्लसभन्दा डिजाइन तथा क्यामेरा मोडेलमा भिन्नै रहेको छ । त्यस्तै एस२३ प्लसको पछाडिपट्टि तीन मुख्य क्यामेरा रहने छ । बाहिर आएको जानकारी अनुसार यसमा समावेश हुने टेलिफोटो क्यामेरा पनि एस२२ प्लस जस्तै हुनेछ ।

त्यस्तै डिजिटमा आएको जानकारीलाई आधार बनाउने हो भने सामसङ एस२३ मा १२० हर्ज रिफ्रेश रेट भएको ६.१ इन्चको सुपर एमोलेड डिस्प्ले रहनेछ । केहीले यसमा भएको सेल्फी क्यामेरालाई पनि अपग्रेड गरेको जानकारी दिएका छन् ।

बाहिरिएका जानकारीलाई आधार बनाई एस२३ प्लसलाई एस२२ प्लससँग तुलना गर्ने हो भने यो एस२२ प्लसको तुलनामा ०.३ एमएम ठूलो (लम्बाई) रहने छ ।

त्यस्तै ग्यालेक्सी एस२३ र ग्यालेक्सी एस२३ प्लसको स्क्रिन साइज बराबर हुनेछ । त्यस्तै फोनमा ३,९०० एमएएचको ब्याट्री समावेश हुनेछ, जसमा २५ वाट चार्जर र १५ वाट वायरलेस चार्जर उपलब्ध हुनेछ ।

यसैगरी ८ जीबी र्‍याममा उपलब्ध हुने यो फोन १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुने अनुमान गरिएको छ । बाहिरिएका केही जानकारी अनुसार सामसङ एस२३ लाइनअपमा स्याटलाइट फिचर पनि समावेश हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १०:४७