close

अब ३ हजारमै डिशहोमको नयाँ कनेक्सन

टेकपाना टेकपाना

फागुन १, २०७९ १७:१६

अब ३ हजारमै डिशहोमको नयाँ कनेक्सन

काठमाडौं । डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । नयाँ कनेक्सनका लागि ३९९९ रुपैँया शल्क लिदैँ आएकोमा अब भने २९९९ रुपैँया मात्र लाग्ने भएको छ । कम्पनीले आफ्नो पुरानो अफरमा एक हजार रुपैयाँ छुट दिँदै यस्ताे याेजना ल्याएकाे हाे ।

यसको अर्थ अब नयाँ जडान गर्ने ग्राहकले नयाँ कनेक्सनका लागि २९९९ रुपैयाँ मात्र भुक्तानी गर्दा पुग्ने भएको छ । यो योजना आजबाट सुरु भएर केही समयमा लागि पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

साथै डिशहोमका ग्राहकले पनि आफ्नो प्याकेज एकमुष्ट एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म सेवा लिन पाउने भएका छन् ।

यो अफर डिशहोमको फन्ड ट्रान्सफर र रिचार्ज कार्डबाट रिचार्ज गर्दा मात्र लागू हुने बताइएकाे छ । साथै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्ये एकले हरेक हप्ता एक लाख रुपैयाँ नगद जित्ने मौका पनि पाउनेछन् ।

(तीन हजार रुपैयाँमा डिशहोमको नयाँ कनेक्सन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ- सं.)

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ २१:०