close

स्वतः हट्ने मेसेजलाई सेभ गर्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

फागुन ४, २०७९ ८:३०

स्वतः हट्ने मेसेजलाई सेभ गर्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले कुरा गर्दा गर्दै च्याट हराउने फिचर उपलब्ध गराउँदै आएको छ । यसका माध्यमबाट च्याट गरेको केही समयमै टेक्स्ट गायब हुन्छ ।

तर, यो फिचरका केही बेफाइदा पनि छन् । उदाहरणका लागि डिसएपियरिङ च्याट फिचर अन गरेर कुरा गर्दा त्यहीबीचमा सेभ हुनुपर्ने महत्त्वपूर्ण कुरा भएको छ भने त्यो पनि हराउँछ ।

यही समस्याको समाधानका लागि ह्वाट्सएपले स्वतः हट्ने मेसेजलाई सेभ गर्न मिल्ने फिचर ल्याउन लागेको हो ।

 

कम्पनीले एक ब्लग राख्दै उक्त फिचर नयाँ अपडेटसँगै उपलब्ध हुने जनाएको छ । त्यसका लागि सेटिङमा 'केप्ट मेसेज' अप्सन हुनेछ ।

उक्त पेजमा स्वतः हराएका मेसेज देख्न सकिनेछ । यो फिचर केही प्रयोगकर्ताको डिभाइसमा आइसकेको छ भने अधिकांश प्रयोगकर्ताको एपमा आउन बाँकी छ ।

यो फिचर आगामी हप्ता सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन ४, २०७९ ८:३०