close

अब ह्वाट्सएपमा पनि भिडिओ कल गर्दा स्क्रिन समेत शेयर गर्न मिल्ने, तपाईंकोमा आयो ?

टेकपाना टेकपाना

साउन २३, २०८० २०:२९

अब ह्वाट्सएपमा पनि भिडिओ कल गर्दा स्क्रिन समेत शेयर गर्न मिल्ने, तपाईंकोमा आयो ?

काठमाडौं । अब ह्वाट्सएपमा भिडिओ कल गरिरहँदा स्क्रिन समेत शेयर गर्न सकिने भएको छ । फेसबुकका संस्थापक तथा मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुक पोस्टमार्फत यसको जानकारी दिएका हुन् ।

उनले आफ्नो उक्त पोस्टमा भिडिओ कलसँगै शेयर गरिएको स्क्रिनको तस्वीर समेत समावेश गरेका छन् । जसमा स्क्रिन शेयर गर्ने व्यक्तिको अनुहार भने भिडिओमा देखिंदैन ।  ह्वाट्सएपमा यसअघि भिडिओ कल गर्न सकिने भए पनि स्क्रिन शेयर हुँदैनथ्यो ।

यो समाचार तयार पार्ने समयसम्म ह्वाट्सएपमा स्क्रिन शेयरको फिचर उपलब्ध भइसकेको छ । जसमा भिडिओ कलमा जोडिएपछि स्क्रिनमा ट्याप  गर्ने बित्तिकै तल्लो भागमा विभिन्न अप्सनहरू देखा पर्छन् ।

जसमा दोस्रो अप्सनको रूपमा स्क्रिन शेयरको आइकन दिइएको छ । त्यसमा ट्याप गर्ने बित्तिकै फोनले स्टार्ट रेकर्डिङ ओर कास्टिङ विथ ह्वाट्सएप ? भनेर सोध्छ । त्यसमा स्टार्ट बटनमा थिच्ने बित्तिकै भिडिओ कलमा जोडिएका व्यक्तिहरूसँग तपाईंको स्क्रिन शेयर हुन थाल्छ । 

पछिल्लो अध्यावधिक: साउन २३, २०८० २०:२९