close

महँगो बन्दै ट्वीटर, मेसेजमार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न पैसा तिर्नुपर्ने

टेकपाना टेकपाना

फागुन ६, २०७९ १२:३७

महँगो बन्दै ट्वीटर, मेसेजमार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न पैसा तिर्नुपर्ने

काठमाडौं । ट्वीटरले मेसेजमार्फत हुने 'टु फ्याक्टर अथेन्टिकेसन' फिचर अब शुल्क तिर्ने अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्तालाई मात्र उपलब्ध गराउने भएको छ । 

कम्पनीले एक ट्वीट गर्दै मार्च २० बाट यो नियम लागू हुने जानकारी दिएको हो । कम्पनीले भनेको छ, "ट्वीटरका ब्लु टिक ग्राहकहरूले मात्र मेसेजमार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सक्नेछन् । यो नियम मार्च २० बाट लागू हुँदैछ ।"

कुनै पनि अनलाइन अकाउन्टलाई सुरक्षित राख्न टु फ्याक्टर अथेन्टिकेसन उपयुक्त मानिन्छ । ट्वीटरमा मेसेज,अथेन्टिकेसन एप र सेक्युरिटी कीमार्फत टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न सकिन्छ । 

खराब नियत भएका व्यक्तिले फोन नम्बर प्रयोग गरेर मेसेजमार्फत हुने टु फ्याक्टर अथेन्टिकेसनको दुरुपयोग गरिरहेका कारण कम्पनीले यसलाई सशुल्क फिचर बनाउन लागेको हाे । 

यस विषयमा प्रयोगकर्ताले ट्वीटरमा राखेको प्रश्नमा एलन मस्कले यो कुरा साँचो भएको पुष्टि गरेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०७९ १३:२६