close

सिभिल बैंकको मोबाइल बैंकिङ, एटीएम सहितका सेवा शुक्रबारसम्म नचल्ने

टेकपाना टेकपाना

फागुन ८, २०७९ १७:१६

सिभिल बैंकको मोबाइल बैंकिङ, एटीएम सहितका सेवा शुक्रबारसम्म नचल्ने

काठमाडौं । सिभिल बैंकको मोबाइल बैंकिङ, एटीएम कार्ड, इन्टरनेट बैंकिङ लगायत अन्य बैंकिङ सेवा अवरुद्ध भएको छ । हिमालयन बैंकद्वारा प्राप्तिको प्रक्रिया अन्तर्गत सिभिल बैंकका सम्पूर्ण सेवाहरू आतबारदेखि शुक्रबारसम्मका लागि अवरुद्ध भएको हो ।

बैंकले एक सूचना जारी गर्दै आइतबारदेखि सेवा अवरुद्ध भएको जानकारी दिएको छ ।

"यस बैंकलाई हिमालयन बैंकद्वारा प्राप्तिको प्रक्रिया अन्तर्गत यस बैंकले प्रदान गर्ने सम्पूर्ण बैंकिङ सेवाहरू (मोबाइल बैंकिङ, एटीएम कार्ड, इन्टरनेट बैंकिङसमेत) २०७५ फागुन १२ गतेसम्म अवरुद्ध हुने कुरा सम्बन्धित सबैमा जानकारी गराइन्छ," बैंकले सूचनामा लेखेको छ ।

यसबारे थप जानकारीका लागि ०१-५९७००८९ मा कल गर्न वा नजिकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । बैंकका अनुसार शुक्रबारबाट भने सिभिल बैंकका सबै सेवा हिमालय बैंकबाट पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०७९ १७:१६