close

आईफोनको माग घट्दा आम्दानी गुमाउँदै एप्पल

टेकपाना टेकपाना

फागुन २५, २०७९ ११:३०

आईफोनको माग घट्दा आम्दानी गुमाउँदै एप्पल

काठमाडौं । एप्पलको सबैभन्दा ठुलो सप्लायर्स फक्सकनले आइफोनको माघ घट्दै गएको बताएको छ । सन् २०२२ को तुलनामा यो वर्षको पहिलो महिनामा कम्पनीको आम्दानी ११.६ प्रतिशतले घटेको जनाएको हो । फक्सकनको आम्दानीमा देखिएको असर एप्पलको आम्दानीमा समेत पर्नु स्वभाविक हो । यो हिसाबले यो वर्ष एप्पलको आम्दानी घट्नु अनुमान गरिएको छ ।

वर्षको पहिलो महिनामा आम्दानी गुमाएको कम्पनीले फ्रेब्रुअरी १३ बिलियन अमेरिकी डलर आम्दानी गरेको छ । जुन कुनै एक महिनामा कम्पनीले गरेको आम्दानी हिसाबले दोस्रो ठुलो हो । फक्सकनका अनुसार कोभिड–१९ का कारण बन्द अवस्थामा रहेको चीन स्थित कम्पनीको सबैभन्दा ठुलो फ्याक्ट्री विस्तारै लयमा फर्किएको बताइएको छ ।

यसका साथै कम्पनीले भारतमा पनि व्यवसाय विस्तारका लागि विभिन्न अवसरहरू खोजी गरिरहेको जनाएको छ । फक्सकनका अनुसार फेब्रुअरीमा कम्प्युटिङ, स्मार्ट डिभाइस, क्लाउड तथा नेटवर्किङको आम्दानी सबैभन्दा धेरै घटेको हो ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०७९ ११:३१