close

अब एआईले नै लेखिदिनेछ तपाईँको ईमेल

टेकपाना टेकपाना

चैत १, २०७९ ९:३४

अब एआईले नै लेखिदिनेछ तपाईँको ईमेल

काठमाडौं । गुगलले आफ्ना केही एपहरूमा एआईमा आधारित फिचरहरू थप गर्ने घोषणा गरेको छ । यो फिचर हाल परीक्षणको क्रममा रहेको छ र परीक्षणका लागि भने सुरुमा अमेरिकाभित्रका केही प्रयोगकर्ताहरूलाई उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

यद्यपि सन् २०२३ को अन्त्यसम्ममा सबै प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । 

एआईमा आधारित यो नयाँ फिचर गुगल डक्स, जिमेल, सिट्स र स्ल्याड्समा उपलब्ध हुनेछ । फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो डक्समा भएको सामग्रीलाई एडिट गर्न, संक्षिप्तमा बनाउन, सामग्रीका आधारमा तस्विर तयार गर्न, अथवा थप केही जानकारी राख्न सो एआई फिचर प्रयोग गर्न सक्नेछन् । 

त्यसैगरी जिमेलमा प्रयोगकर्ताले आफ्नो ईमेल क्रियट गर्न, ड्राफ्ट बनाउन अथवा आफ्नो ईमेलको संक्षिप्त रुप बनाउन पनि यो फिचरले सहयोग गर्नेछ । 

स्लाइड्सका लागि आवश्यक फोटो तथा भिडिओ खोज्न पनि यसले मद्दत गर्नेछ भने गुगल शिट्समा तथ्याङ्कहरू जम्मा गर्ने तथा फर्मुलाहरू जेनेरेट गर्ने लगायतका कामहरू पनि गरिदिने कम्पनीको भनाइ छ । 

यसका साथै यसमा अन्य थुप्रै फिचरहरू समावेश हुनेछन् जसले प्रयोगकर्ताको गुगल एप प्रयोगमा सहजता ल्याउने र आफ्नो प्रडक्टिभिटि बढाउन पनि मद्दत गर्ने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १६:२४