close

सामसङका दुई फाइभजी स्मार्टफोन ‘ए५४’ र ‘ए३४’ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

चैत १६, २०७९ १७:३०

सामसङका दुई फाइभजी स्मार्टफोन ‘ए५४’ र ‘ए३४’ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा सामसङले दुई नयाँ फाइभजी स्मार्टफोन भित्र्याएको छ । यसअन्तर्गत कम्पनीले ग्यालेक्सी ए५४ र ए३४ मोडेलका स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो । 

ग्यालेक्सी ए३४ मा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो लेन्स रहेको छ । त्यस्तै ग्यालेक्सी ए५४ मा ५ मेगापिक्सेलको म्याक्रो लेन्ससहित ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । दुवै फोनमा ८ मेगापिक्सेलको अल्टा वाइड एङ्गल लेन्स छ ।

दुवै फोनलाई १२० हर्जको रिफ्रेस रेटमा अपग्रेड गरिएकाले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ता खुसी हुने कम्पनीको विश्वास छ ।

पानी र धुलो प्रतिरोधक आइपी६७, कोर्निङ गोरिल्ला ग्लास फाइभ प्रोटेक्सन र सामसङको सिग्नेचर नक्स सेक्युरिटीका साथ यी फाेन गराइएकाे कम्पनीले जनाएकाे छ ।

साथै यी फोनमा पाँच वर्षको सेक्युरिटी अपडेट र चार वर्षको ओएस अपग्रेडको ग्यारेन्टी पनि दिइएको छ ।

कति छ मूल्य ?
८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको ग्यालेक्सी ए५४ फाइभजीको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी इन्टरनेट स्टोरेज क्षमता भएको भेरियन्टकाे मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै ए३४ फाइभजीको ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भएको भेरियन्टको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडी कार्डको प्रयोगमार्फत् १ टीबीसम्मको इन्टर्नल मेमोरी बढाउन सक्ने सुविधा छ । 

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १७:३०