close

कस्तो छ ‘अनर एक्स एट ए’ स्मार्टफोन ?

उष्मा अधिकारी

चैत १६, २०७९ १९:१

काठमाडौं । नेपाली बजारमा केही समयअघि भित्रिएको ‘अनर एक्स एट ए’ (Honor X8a)  एक मिडरेन्ज फोन हो । हेर्दा प्रिमियम र हातमा हलुका महसुस हुने यो फोन जम्मा १७९ ग्रामको छ । यो फोनको लोभलाग्दो विशेषता भनेकै यसको क्यामेरा हो, जुन १०० मेगापिक्सेलको छ ।

फोनको डिजाइनले तपाईँलाई अवश्य पनि आकर्षित गर्छ । पहिलो कुरा त यो फोन स्लिम छ, जसको एज फ्ल्याट छ । यस कारण फोनको फिनिशिङ राम्रो देखिएको छ । अर्को कुरा फोन ‘ह्यान्डी’ छ, त्यसैले हातमै बोकेर हिँड्न पनि सजिलो छ । 

अब कुरा गरौँ यो फोनको अरु फिचरको । सबैभन्दा पहिले कुरा गरौँ फोनको डिजाइनको । फोनमा प्रिमियम प्लास्टिकको ब्याक र साइड कभरिङ देख्न सकिन्छ । फोनको अगाडि स्क्रिनमा पन्च हाेल देख्न सकिन्छ, जहाँ सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ । त्यसैगरी फोनको पछाडि कर्भ्ड स्क्वायर फ्रेममा तीनवटा क्यामेरा र एउटा फ्ल्याश देख्न सकिन्छ ।

यसले फोनलाई ‘एक्स्ट्रा लुक्स’ दिएको छ । फोनको १०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ भने ५ मेगापिक्सेलकाे अल्ट्रावाइड र २ मेगापिक्सेलकाे म्याक्राे शुटर रहेकाे छ । फोनको दायाँपट्टि  भाेल्युम अप डाउन बटन र फिङ्गरप्रिन्टर सेन्सरसहितको पावर बटन छ । त्यस्तै बायाँ साइडमा  डुअल सिमकार्ड स्लट छ । फोनको तलपट्टि स्पिकर, चार्जिङ पाेर्ट र माइक देख्न सकिन्छ । त्यस्तै फोनमा एकदम कम मात्रै बेजल्स देख्न सकिन्छ ।

मेरो हातमा भएको फोनको कलर टाइटानियम सिल्भर कलर हो, तपाईँले फोन थप दुई colour Cyan lake र Midnight Black मा पनि पाउन सक्नुहुन्छ । फोनको भित्र पस्दा फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.७ इन्च फुल एचडी प्लस आईपीएस एलसीडी डिस्प्ले छ ।

फोनमा १०८०*२३८८ पिक्सेलको रेजाेलुसन पाउन सकिन्छ । फोनमा बिग फाेल्डर डिजाइन देख्न सकिन्छ र फाेल्डरहरू र आइकन पनि प्रयाेगकर्तामैत्री नै छ । फोनको screen to body ratio भने 89.6% रहेको छ । जसलाई आजको दिनमा उपयुक्त नै मान्न सकिन्छ । 

फोनको क्यामेरामा विभिन्न मोडहरू दिइएको छ । Aperture, portrait, pro, panorama, HDR, TIMELAPSE, stickers, super macro, high resolution जस्ता मोड रहेका छन् । यसमा थप दुई dual view र story mode थपिएका छन् । यो फोनबाट खिचेका फाेटाेहरू तपाईँले स्क्रिनमा देख्न सक्नुहुन्छ । यदि तपाईँ फोटो खिच्न रुचाउनु हुन्छ भने तपाईँले यी विभिन्न माेडहरू मन पराउनुहुन्छ ।

अब कुरा गरौँ भिडिओको । भिडिओमा अघि कुरा गरेको दुईवटा माेडचाहिँ मलाई मन परेकाे छ डुअल भ्यु र स्टाेरी माेड । डुअल भ्यु माेडमा recording screen लाई दुईवटा भ्युमा डिभाइड गर्दछ, जसबाट तपाईँले अगाडि र पछाडिको भिडिओ स्क्रिनमा देखाए जसरी एकैसाथ खिच्न सक्नुहुन्छ ।

यदि तपाईँ गेम खेल्न मन पराउनुहुन्छ भने MediaTek helio G88 chipset भएको यो फोन तपाईँका लागि उपयुक्त नै हुन्छ । त्यसबाहेक पनि फोन लामो समयको प्रयोगमा ल्याउँदा वा मल्टि टास्किङ गर्दा ह्याङ हुने कम हुन्छ, जसले गर्दा फोन smoothly run भयो । 

फोनको स्टाेरेजको कुरा गर्नुपर्दा, 6GB र 8GB RAM अनि 128GB internal storage मा उपलब्ध छ । फोन Android 12 र Magic UI 6 मा आधारित छ । फोनमा 4500mAh क्षमताको Battery छ, जसमा 22.5W को fast charging दिइएको छ । फोनले पूरा charge हुन ७० देखि ७५ मिनेट लगाउँछ । यो फोनले wireless charging support भने गर्दैन ।

फोनमा knock गर्दा screenshot लिन मिल्ने feature enable  गर्न सकिन्छ र सो स्क्रिनशटलाई त्यहिँबाट आफूलाई चाहे अनुसार एडिट पनि गर्न सकिन्छ । फोनमा honor x7a जस्तै स्क्रिन रेकर्डिङ गर्दा माइक on/off गर्न मिल्छ । 

यो फोन कस्को लागि हो त ? समग्रमा भन्नुपर्दा फोटो खिच्न रुचाउने व्यक्तिलाई यो फोन उपयुक्त हुन्छ । तपाईँ छाेटाे दूरीकाे ट्रेक जान, हिँडडुल गर्न फोटो, भिडिओ खिच्न मन पराउनु हुन्छ भने यो फोन तपाईँको लागि हो । 

पछिल्लो अध्यावधिक: चैत १६, २०७९ १९:१