close

कमलादीमा खुल्यो नियो स्टोरको नयाँ शोरुम, ल्यापटपदेखि प्रिन्टरसम्म खरिद गर्न सकिने

टेकपाना टेकपाना

चैत २९, २०७९ १५:५२

कमलादीमा खुल्यो नियो स्टोरको नयाँ शोरुम, ल्यापटपदेखि प्रिन्टरसम्म खरिद गर्न सकिने

काठमाडौं । नियो स्टोरले काठमाडौंमा आफ्नो चौंथो आउटलेट (शोरुम) सञ्चालनमा ल्याएको छ । कम्पनीले बुधबार काठमाडौं कमलादीस्थित आईटी प्लाजामा नयाँ आउटलेट शुभारम्भ गरेको हो ।

यस आउटलेटबाट आधिकारिक कम्प्युटर, ल्यापटप, गेमिङ कन्सोल लगायत विभिन्न आईटी डिभाइस खरिद गर्न सकिनेछ ।

आउटलेटमा विश्वप्रख्यात डेल, आसुस, एचपी, र्‍यापो, माइक्रोप्याक, क्यानन, ब्रदर, डिजिकम, क्यासपरस्काई, सामसङ, रेड्मी, वनप्लस, ओप्पो, फिलिप्स लगायत ब्राण्डका उत्पादन उपलब्ध छन् ।

नयाँ आउटलेटको उद्घाटन गर्दै नियोटेरिकका प्रबन्ध निर्देशक सञ्जय गोल्छाले सेवाग्राहीलाई गुणस्तरीय तथा आधिकारिक सामग्री बिक्री गर्न प्रतिबद्ध भएको बताएका छन् ।

ग्राहकले यहाँ क्लिक गरेर साइट भिजिट गरी अनलाइनबाट पनि सामान खरिद गर्न सक्नेछन् ।

त्यस्तै आउटलेटमै आएर सामान खरिद गर्दा नगदसँगै कार्ड, अनलाइन ट्रान्सफर, फोनपे, कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । 

यसअघि नियो स्टोरले माइतीघर, न्युरोड र जाउलाखेलमा शोरुम सञ्चालनमा ल्याइसकेको छ ।

पछिल्लो अध्यावधिक: चैत २९, २०७९ १६:३१