close

भारतमा उत्पादन हुन्छ ७ प्रतिशत आईफोन, तपाईँको कुन देशमा बनेको हो ?

टेकपाना टेकपाना

बैशाख ३, २०८० १३:५५

भारतमा उत्पादन हुन्छ ७ प्रतिशत आईफोन, तपाईँको कुन देशमा बनेको हो ?

काठमाडौं । एप्पलले आफ्नो उत्पादनहरू विश्वका विभिन्न देशहरूमा उत्पादन गर्दछ । यसमध्ये हालै उत्पादन सुरु गरेका देशहरूमा भारत पनि पर्छ । 

पछिल्लो समयमा कम्पनीले भारतको प्लान्टको उत्पादन क्षमता बढाउने तयारी गरिरहेको छ । कम्पनीले चीनबाट उत्पादन भारतमा सार्ने तयारी गरिरहेको चर्चा चलिरहेको छ । 

यसैबीच एक जानकारी बाहिरिएको छ । ब्लुमवर्ग न्यूजका अनुसार विश्वभर उत्पादन हुने कुल संख्या मध्ये सात प्रतिशत आईफोन भारतमा उत्पादन हुन्छ ।   

सो रिपोर्ट अनुसार गत आर्थिक वर्षमा मात्रै भारतमा एप्पलले सात अर्ब डलर (नौ सय १६ अर्ब छ सय ७३ करोड आठ लाख रूपैयाँ)  बराबरको आईफोन उत्पादन गरेको थियो । 

सन् २०२१ सम्म आईफोन उत्पादनमा भारतले एक प्रतिशत मात्र हिस्सा ओगटेको थियो । तर पछिल्लो समयमा एप्पलले भारतमा उत्पादन क्षमता बढाउँदै लगेको छ। 

एप्पल बाहेक सामसङले पनि भारतमा आफ्नो उत्पादन क्षमता बढाइरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १३:५६