close

सामाजिक सञ्जालमा 'जारी' फ्लिमको क्लिप शेयर गर्ने ३२ अकाउन्ट विरुद्ध उजुरी

टेकपाना टेकपाना

बैशाख ३, २०८० १२:५७

सामाजिक सञ्जालमा 'जारी' फ्लिमको क्लिप शेयर गर्ने ३२ अकाउन्ट विरुद्ध उजुरी

काठमाडौं । नयाँ वर्षबाट सुरु भएको चलचित्र 'जारी' विभिन्न सामाजिक सञ्जालका प्लेटफर्मबाट लिक भएपछि निर्माता समूहले विभिन्न अकाउन्टविरुद्ध उजुरी हालेको छ । 

हलमा गएर मोबाइलबाट चलचित्रको क्लिप खिचेर सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा शेयर गर्ने अकाउन्टहरू विरुद्ध आज साइबर व्यूरोमा उजुरी हालेको चलचित्रका निर्माता मणिराम पोखरेलले बताए । 

"फेसबुक, युट्युब, टिकटक लगायतका विभिन्न प्लेटफर्म हलमा गएर मोबाइलले खिचिएको भिडिओ शेयर गरेको पाइएको छ । केही भिडिओ त एक घण्टा लामो पनि पाइयो," उनले भने, "ती सबै अकाउन्टहरू खोजी गरि हामीले साइबर ब्यूरोमा कारबाहीको माग राखेर उजुरी दिएका छौँ ।" 

फेसबुक, टिकटक, युट्युब र इस्टाग्रामको गरी ३२ अकाउन्टलाई उजुरी हालेको उनले बताए । निर्माण समूहले हलमा खिचेर सामाजिक सञ्जालमा यसरि भिडिओ शेयर गर्दा आर्थिक नोक्सान भएकोले अनुसन्धान गरी क्षतिपूर्तीको भरपाई गरिदिन पनि माग गरेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १२:५७