close

च्याटजीपीटीलाई चुनौती दिन ट्रुथजीपीटी ल्याउँदै एलन मस्क

टेकपाना टेकपाना

बैशाख ५, २०८० ९:२७

च्याटजीपीटीलाई चुनौती दिन ट्रुथजीपीटी ल्याउँदै एलन मस्क

काठमाडौं । कुनै समय ओपनएआईबाट हात निकालेका एलन मस्क आज त्यही ओपनएआईलाई चुनौती दिनका लागि नयाँ एआई टुल सार्वजनिक गर्ने तयारीमा छन् । 

पछिल्लो केही समयमा एआईको आलोचना गरेका मस्कले प्रयोगकर्ताको लागि ओपन एआई र गुगलकोसँगै तेस्रो अप्सन पनि दिने बताएका छन् । उनले फक्सन्युजसँगको एक अन्तर्वार्तामा आफूले 'ट्रुथजीपीटी' मा काम गरिरहेका बताएका छन् । 

यो एआईले प्रयोगकर्तालाई आफूले चाहेको विषयमा सत्य तथ्य जाँच गर्न सहयोग गर्ने उनले बताएका छन् । उनका अनुसार यो एआईले मानिसलाई कुनै हानी नहुने गरी सेवा दिनेछ । 

आफ्नो प्रतिस्पर्धीहरूसँग पछि परेको कारण अब प्रतिस्पर्धी कम्पनीहरूको नराम्रो पक्षबाट सिकेर आफ्नो टुल तयार गर्ने पनि उनले बताएका छन् । यद्यपि यो विषयमा कति सत्यता छ भन्ने कुरा अहिले पनि अन्यौलमा नै छ । समय-

समयमा उनी यस्ता कुराहरू गरिरहने हुँदा उनले यो कुरा वास्तवमा नै भनेका हुन् वा होइनन् भन्ने विषयमा चर्चा सुरु भएको छ । तर उनले हालै दर्ता गराएका एक्स एआई कर्प नामक कम्पनीको विषयलाई हेर्ने हो भने उनले कुनै पनि समयमा आफ्नै एआई टुल सार्वजनिक गर्न सक्ने बताइएको छ ।    

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८० ९:३६