close

टेस्लाका शेयरधनीको गुनासो: कम्पनी सञ्चालनमा छैन एलन मस्कको ध्यान

टेकपाना टेकपाना

बैशाख १०, २०८० ९:४६

टेस्लाका शेयरधनीको गुनासो: कम्पनी सञ्चालनमा छैन एलन मस्कको ध्यान

काठमाडौं । टेस्लाका केही शेयरधनीहरूले एलन मस्कको ध्यान कम्पनी सञ्चालनमा नभएको गुनासो गरेका छन् । मस्कले आफ्नो ध्यान विद्युतीय सवारीमा केन्द्रित गरुन् भन्ने उनीहरूको चाहना छ । यसको लागी शेयरधनीको एउटा समूहले कम्पनीको सञ्चालक बोर्डलाई पत्र पठाएको छ । 

उक्त पत्रमा सो समूहले मस्को ध्यान कम्पनीले सामना गर्ने समस्याहरूमा केन्द्रित गर्नुपर्ने कुरामा जोड दिएको छ । साथै कम्पनीको लागि प्रयाप्त समय खर्च नगरेको उनीहरूको गुनासो छ । 

बजारमा बढ्दो विद्युतीय सवारीको प्रतिस्पर्धाका कारण मस्कले टेस्लामा बढी ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् । 

टेस्ला बाहेक हाल मस्कले ट्विटर, स्पेसएक्स, बोरिङ कम्पनी, र न्यूरालिंक लगायत अन्य केही कम्पनीमा पनि मुख्य भूमिका निर्वाह गरिरहेका छन् । यस्तोमा टेस्लाले मस्कको प्रयाप्त समय नपाउँदा कम्पनीको लागि समस्या निम्तिएको उनीहरूको भनाइ छ । 
 

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८० ९:४६