close

अब एउटै ह्वाट्सएप अकाउन्ट पाँचओटा मोबाइलमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १३, २०८० ८:५२

अब एउटै ह्वाट्सएप अकाउन्ट पाँचओटा मोबाइलमा प्रयोग गर्न सकिने

काठमाडौं । अब एउटै ह्वाट्सएप अकाउन्ट एकैपटकमा पाँचओटा मोबाइलमा प्रयोग गर्न सकिने भएको छ । प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको यो सुविधा कम्पनीले मंगलबारबाट उपलब्ध गराएको हो । 

हाल एउटै अकाउन्ट मोबाइल, वेबपेज, ट्याब्लेट र डेस्कटपमा प्रयोग गर्न सकिन्थ्यो । अब भने पाँच ओटासम्म मोबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट प्रयोग गर्न सकिनेछ । 

प्रयोगकर्ताले अन्य वेबपेज वा डिभाइसमा अकाउन्ट लिङ्क गरेको जस्तै अन्य मोबाइलमा पनि लिङ्क गरेर यो सेवा लिन सक्नेछन् । साथै हरेक डिभाइसमा प्रयोगकर्ताको डेटा इन्क्रिप्टेड हुनेछ । 

तर यदि प्रयोगकर्ताले सुरुमा लगइन गरेको मोबाइल लामो समयसम्म निष्क्रिय भयो भने अन्य लिङ्क भएका डिभाइसमा उक्त ह्वाट्सएप अकाउन्ट स्वत: लगआउट हुनेछ । 
 

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १५:५८