close

कहाँ कहाँ पुग्यो देशकै सस्तो इन्टरनेट ‘वाई-फाई नेपाल’ ?

टेकपाना टेकपाना

बैशाख १५, २०८० ११:२९

कहाँ कहाँ पुग्यो देशकै सस्तो इन्टरनेट ‘वाई-फाई नेपाल’ ?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालले नेपालका १० भन्दा बढी सहरमा सेवा विस्तार गरेकाे जानकारी दिएकाे छ । ५० र ८० एमबीपीएस प्याकेजकाे सेवा दिइरहेकाे कम्पनीले आफ्नो इन्टरनेट देशकै सस्तो भएको दाबी गर्छ ।

यसअन्तर्गत काठमाडौं, पोखरा, बिर्तामोड, नेपालगञ्ज, पोखरा, लेखनाथ, दमौली, धरान, इटहरी, विराटनगर र दमक क्षेत्रमा कम्पनीले सेवा विस्तार गरिसकेकाे छ । छिट्टै सुर्खेत, बुटवल, मणिग्राम, भैरहवा, हेटौँडा, सिमरा, वीरगन्ज, चितवन, जनकपुर र लाहनमा सेवा विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

यसअन्तर्गत मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ ।

५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।

छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन । यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।

अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ ।

सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन । यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० ११:२९