close

अन्तर्राष्ट्रिय सिमानामा सीसीटिभीबाट निगरानी गरिने

टेकपाना टेकपाना

बैशाख १९, २०८० ९:७

अन्तर्राष्ट्रिय सिमानामा सीसीटिभीबाट निगरानी गरिने

काठमाडौं । सशस्त्र प्रहरीले नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सिमानामा सीसीटीभी क्यामेरा जडान गरी निगरानी गर्ने भएको छ । 

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा सोमबार एक पत्रकार सम्मेलन गरी सशस्त्रले सीमा सुरक्षा र विपत् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सीसीटिभी जडान गरि निगरानी गर्ने योजना सार्वजनिक गरेको हो । 

गोरखापत्रमा प्रकाशित समाचारका अनुसार सीमामा हुने अवाञ्छित गतिविधि रोक्न ठाउँठाउँमा सीसीटीभी जडान गर्नुको साथै गस्ती बढाउने सशस्त्र प्रहरीले जनाएको छ ।

यस कार्य अन्तर्गत सशस्त्रले सीमा सुरक्षा विभागको स्थापना गरी सीमाक्षेत्रमा हुने गतिविधि केन्द्रबाटै अनुगमन गर्ने व्यवस्था गरेको छ । 
 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० ९:७