close

टिकटकले ल्यायो आफूले चाहेको मिडियाको सामग्रीमा विज्ञापन गर्ने कार्यक्रम

टेकपाना टेकपाना

बैशाख २३, २०८० १८:२४

टिकटकले ल्यायो आफूले चाहेको मिडियाको सामग्रीमा विज्ञापन गर्ने कार्यक्रम

काठमाडौं । टिकटकले आफ्नो विज्ञापन कार्यक्रम ‘पल्स’लाई विस्तार गर्दै ‘पल्स प्रिमियर’ ल्याएको छ । यसका लागि टिकटकले बजफिड, डट ड्यास मेरिडिथ, एनबीसी युनिभर्सल, यूएफसी, डब्लुडब्लुई लगायतका मिडियासँग सहकार्य गर्ने भएको छ ।

योसँगै अब ब्रान्ड तथा विज्ञापनदाताले ती मिडियाको चर्चित भिडिओमा विज्ञापन बजाउन पाउनेछन् । ब्रान्डहरुले विज्ञापन खर्चमा कटौती गरिरहेको समयमा टिकटकले नयाँ विज्ञापन कार्यक्रम ल्याएको हो ।

यसबाट उठेको पैसा टिकटक र मिडिया कम्पनीले ५०/५० प्रतिशत बाँड्ने बताइएको छ । यस कार्यक्रमले विज्ञापनदातालाई टिकटकको शीर्ष चार प्रतिशत सामग्रीमा विज्ञापन राख्ने अवसर दिने कम्पनीले बताएको छ ।

त्यस्तै भविष्यमा थप मिडिया कम्पनी थप्ने पनि कम्पनीले जनाएको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको यस कम्पनी इन्डिपेन्डेन्ट क्रियटर केन्द्रित छ ।

तर विभिन्न देशले टिकटकमाथि प्रतिबन्ध लागेको छ । यद्यपि गत मार्चमा मात्रै अमेरिकामा मासिक १५ करोड प्रयोगकर्ता रहेको कम्पनीले तथ्याङ्क सार्वजनिक गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० १८:२४