close

काठमाडौं महानगरपालिकाको मोबाइल एप, यस्ता छन् नागरिकलाई सुविधा

टेकपाना टेकपाना

बैशाख २५, २०८० १३:४७

काठमाडौं महानगरपालिकाको मोबाइल एप, यस्ता छन् नागरिकलाई सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकीकृत डिजिटल सुशासन प्रणाली केएमसी एप सञ्चालनमा ल्याएकाे छ ।

यस एपमार्फत सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था ल्याइएकाे महानगर प्रमुख बालेन्द्र साह (बालेन) बताए । फेसबुकमा एक पाेस्ट शेयर गर्दै उनले एपमार्फत सेवाग्राहीले ३० भन्दा बढी प्रकारका सिफारिसका लागि आवेदन दिनुका साथै अनलाइन राजस्व बुझाउनसक्ने जानकारी दिए ।

साथै नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट लिन, आफ्ना विभिन्न जिज्ञासाका लागि च्याटबटसँग कुरा गर्न, महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू पढ्न लगायत विभागीय कार्य विवरणसहितको डिजिटल नागरिक बडापत्र पनि हेर्न सकिनेछ ।

यस्तै हेलाे मेयर, जनगुनासो, स्मार्ट कर, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोपका लागि सहयोग, सार्वजनिक शौचालयको सूची लगायतका जानकारी पनि उपलब्ध गराइएको छ ।

एपमा हाल उपलब्ध भएको सिफारिस सेवाबाहेक अन्यका लागि भने कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्ने बालेनले बताएका छन् ।

यस एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमी तथा मालपोत कर, व्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न ईसेवा, खल्ती आइएमई पे, प्रभु पे लगायतका पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।

हाललाई यो एप एन्ड्रोइड फोनको लागि मात्र उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १३:५९