close

अब काठमाडौं महानगरको आफ्नै टिभी च्यानल, छुट्टायो पाँच करोड

टेकपाना टेकपाना

असार १०, २०८० १५:३६

अब काठमाडौं महानगरको आफ्नै टिभी च्यानल, छुट्टायो पाँच करोड

काठमाडौं । काठमाडौें महानगरपालिकाले आफ्नै टेलिभिजन च्यानल स्थापना गर्ने भएको छ । आइतबार बसेको महानगरको बैठकमा वार्षिक बजेट, आर्थिक र विनियोजन विधेयक पेस गर्दै उपप्रमुख सुनिता डङ्गोलले यस्तो योजनाको घोषणा गरेकी हुन् । 

उक्त टेलिभिजनको नाम ‘महानगर’ राखिने पनि उनले बताएकी छन् । “महानगर टेलिभिजन स्थापनाका लागि पाँच करोड रकम विनियोजन गरेको छु,” डङ्गोलले भनिन् । 

त्यस्तै महानगरले सूचना प्रविधि सम्बन्धी सम्मेलन आयोजना गर्न आवश्यक रकमको प्रबन्ध मिलाएको उनले जानकारी दिइन् । 

यसैगरी भवन निर्माण इजाजत, सिफारिस तथा प्रमाणित र राजस्व सङ्कलन कार्यलाई सूचना प्रविधिको प्रयोग गरी व्यवस्थित गर्न महानगरले आवश्यक रकम विनियोजन गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८० १५:५०