close

एसुस ब्रान्डका ल्यापटपमा १० प्रतिशत छुट, हेडफोनदेखि स्मार्टवाचसम्म उपहार

टेकपाना टेकपाना

बैशाख २५, २०८० १९:३

एसुस ब्रान्डका ल्यापटपमा १० प्रतिशत छुट, हेडफोनदेखि स्मार्टवाचसम्म उपहार

काठमाडौं । नियो स्टोरले एसुस ब्रान्डका ल्यापटपमा छुट दिने घोषणा गरेको छ । कम्पनीले मे महिनाको अन्तिमसम्म लागू हुने गरी एसुस ब्रान्डका विभिन्न मोडेलका ल्यापटपमा न्यूनतम तीनदेखि बढीमा १० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

त्यस्तै एसुसका सबै मोडेलका ल्यापटप खरिदमा कम्पनीले दुई वर्षको अन्तर्राष्ट्रिय वारेन्टी तथा केही मोडेलमा स्मार्टवाच, माउस, ब्याग, पेनड्राइभ र हेडफोन जस्ता डिभाइस निःशुल्क उपलब्ध गराउने भएको छ ।

सोही योजना अन्तर्गत नियो स्टोरले एक लाख सात हजार ८०० रुपैयाँ पर्ने एसुसको भिभोबुक १४ एक्सलाई १० प्रतिशत छुट दिएर ९७ हजार २० रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

साथै यो ल्यापटप खरिद गर्दा ग्राहकले एउटा स्मार्टवाच, ब्याग, पेनड्राइभ, माउस र हेडफोन निःशुल्क पाउनेछन् । त्यस्तै नियो एसुसको भिभोबुक १५ एक्स ५१५ ई १० प्रतिशत छुटका साथ ६१ हजार ९२० पाउन सकिन्छ । जसमा कम्पनीले ब्याग, पेनड्राइभ र माउस निःशुल्क उपलब्ध गराउने छ ।

यसैगरी एसुसको टीयूएफ गेमिङ ए१५ ल्यापटप खरिद गर्दा तीन प्रतिशत छुट पाउन सकिनेछ । अर्थात् एक लाख ७७ हजार ५९९ रुपैयाँ मूल्य पर्ने उक्त ल्यापटप तीन प्रतिशत छुटका साथ एक लाख ७२ हजार २७० रुपैयाँमा खरिद गर्न सकिन्छ ।

यसैगरी एक लाख ८६ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफमा तीन प्रतिशत छुट, एक लाख ५२ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफ ड्याश एफ१५ मोडेलमा आठ प्रतिशत छुटका साथ बिक्री गर्ने कम्पनीको भनाइ छ ।

यो ल्यापटप खरिद गर्दा प्रयोगकर्ताले ब्याग, पेनड्राइभ र माउस निःशुल्क पाउनेछन् ।

त्यस्तै दुई लाख ४९ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफ गेमिङ एफ १५ (२०२२) एफएक्स ५०७ जेटएम एचक्यू १६६ मा तीन प्रतिशत छुट, दुई लाख ३४ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफ गेमिङ एफ १५ (२०२२) एफएक्स ५०७ जेटएम एचएफ ०९५ मा तीन प्रतिशत छुट, एक लाख ६७ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफ गेमिङ एफ १५ एफएक्स५०६ एचएम- एचएन१०७डब्लु-आई सेभनमा तीन प्रतिशत छुट र एक लाख ६७ हजार ५९९ रुपैयाँ पर्ने एसुस टीयूएफ गेमिङ एफ १५ एफए ५०७ आरसी-एचएनओ ०६१ डब्लु राइजेन सेभेनमा पनि तीन प्रतिशत छुट दिने योजना बनाएको छ ।

त्यस्तैगरी एसुस टीयूएफ गेमिङ ए१५ एफए ५०७ आरसी- एचएन ०६१ डब्लुमा तीन प्रतिशत छुट, एसुस जेनबुक १४ यूएक्स ३४०२ जेटए आई सेभेनमा तीन प्रतिशत छुट, एसुस आरओजी स्ट्रिक्स स्कार १५ जी५३३जेटडब्लुमा तथा एसुस जेनबुक १४ एक्स ओएलईडी यूएक्स ५४००जेटबी-एल ७०२६ डब्लु, एसुस जेनबुक फ्लिप १३ - यूएक्स ३६३ ईए -आईफाइभमा जनही पाँच प्रतिशत छुट र एसुस भिभोबुक १५ एक्स ५१५ ई मा १० प्रतिशत छुटका साथ ब्याग, पेनड्राइभ र माउस निःशुल्क उपलब्ध गराउने छ ।

साथै एसुस भिभोबुक १५ एक्स ५१५ ईए - आईफाइभ ११३५ जी सेभेन तथा एसुस भिभोबुक १४ ई ४१० एमए -बीभी १४८९ डब्लु, एसुस भिभोबुक १५ ई५१० एमए -बीआर ६३५ डब्लु आदिमा सात प्रतिशत छुट, एसुस जेनबुक डुओ १४ यूएक्स ४८२ ईजी -एचवाई ४३० डब्लु आई सेभेन तथा एसुस भिभिबुक फ्लिप १४ टीपी ४७०ईआ -ईसी २९९ डब्लु आईफाइभमा जनही तीन प्रतिशत छुट र एसुस भिभोबुक १४ एक्स ४१३ ई, एसुस भिभोबुक १५ के ५१३ ईमा जनही १० प्रतिशत छुट दिने कम्पनीको भनाइ छ ।

एसुसले सोमबार सार्वजनिक गरेको एसुस जेनबुक १४ यूएम अन्तर्गतका दुवै मोडेल नियो स्टोरबाट खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८० १९:३