close

एफटीटीएच इन्टरनेटमा डिशहोमसँग पनि पछि परेपछि छैटौं स्थानमा धकेलियो टेलिकम

टेकपाना टेकपाना

बैशाख २६, २०८० १०:२४

एफटीटीएच इन्टरनेटमा डिशहोमसँग पनि पछि परेपछि छैटौं स्थानमा धकेलियो टेलिकम

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम एफटीटीएच इन्टरनेट विस्तारमा डिशहोम फाइबरनेटसँग पनि पछि परेको छ । 

साउन २०७७ मा मात्रै इन्टरनेट सेवामा प्रवेश गरेको कम्पनीले टेलिकमलाई गत माघमै पछाडि पारेको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सार्वजनिक गरेको माघ महिनाको एमआईएस प्रतिवेदनमा डिशहोम फाइबरनेट जोड्ने ग्राहकहरूको सङ्ख्या दुई लाख १८ हजार ७३३ रहेको छ । 

तर नेपाल टेलिकमको एफटीटीएच कनेक्सन सङ्ख्या दुई लाख १७ हजार ४७९ मात्र रहेको छ । नेपाल टेलिकम वर्ल्डलिङ्क, भायानेट, सुबिसु र क्लासिक टेक जस्ता अन्य इन्टरनेट सेवाप्रदायकसँग यस अघि नै पछाडि परेको थियो । यससँगै अब यो सेवाको क्षेत्रमा टेलिकम छैटौं स्थानमा धकेलिएको छ । 

कुन सेवाप्रदायक कति औं स्थानमा ?

स्थान

सेवाप्रदायक

एफटीटीएच ग्राहक सङ्ख्या

१.

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड

७,४४,३१६

२.

क्लासिकटेक

२,६५,६०६

३.

भायानेट

२,६०,६७३

४.

सुबिसु

२,४५,२७३

५.

डिशहोम

२,१८,७३३

६.

नेपाल टेलिकम

२,१७,४७९

७.

वेबसर्फर

१,३२,७६९

८.

टेकमाइन्ड्स

१,१३,८८५

९.

ब्रोडलिङ्क

५३,७४२

१०.

सीजी

४५,६९१

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरणको २०७९ माघ महिनाको एमआईएस प्रतिवेदन

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८० १०:२४