close

स्मार्ट टेलिकमका रिचार्ज कार्ड पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्छः सांसद साह

टेकपाना टेकपाना

बैशाख २७, २०८० १६:५३

स्मार्ट टेलिकमका रिचार्ज कार्ड पीडितलाई सरकारले क्षतिपूर्ति दिनुपर्छः सांसद साह

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ ज्वाला कुमारी साहले स्मार्ट टेलिकमका रिचार्ज र सिम कार्ड पीडितहरूको माग सरकारले सुन्नुपर्ने बताएकी छिन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बाेल्ने क्रममा साहले स्मार्ट टेलिकमको रिचार्ज कार्डको समस्या भएका कयौं आमव्यवसायीहरु आन्दोलनमा उत्रिएको र त्यो समस्याको समाधान सरकारले चाँडै गर्नुपर्ने भनाइ राखिन् ।

“स्मार्ट टेलिकमको रिचार्ज कार्डले कयौं आमव्यवसायीहरु समस्या छन्, डुबिरहेका छन्,” उनले भनिन्, “त्यसको जिम्मा सरकारले लिएर उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ ।” 

त्यस्तै उनले ती व्यवसायीहरु तहसनहस भएर बेहालको जिन्दगीमा पुगेकाे कुरा समेत सुनाइन् ।

निर्धारित समयभित्र नवीकरण नगरेपछि स्वत: लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमकाे पूवार्धार र सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकाे छ । यसपछि स्मार्टकाे रिचार्ज र सिम कार्ड किनेका व्यवसायीहरू क्षतिपूर्तिकाे माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १७:२८