close

बालिकाको अश्लील भिडिओ बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने १७ वर्षीय किशोर पक्राउ

टेकपाना टेकपाना

जेठ ३, २०८० १८:४०

बालिकाको अश्लील भिडिओ बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने १७ वर्षीय किशोर पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत नाबालिकालाई एडिट गरिएका अश्लील फोटो तथा भिडिओ पठाएर दुःख दिएको आरोपमा एक किशोर पक्राउ परेका छन् । बारा घर भई काठमाडौं बस्ने १७ वर्षीय ती किशाेरले नक्कली फेसबुक अकाउन्ट खाेली नाबालिकालाई हैरानी दिएकाे पाइएकाे साइबर ब्यूराेले जनाएकाे छ ।

ब्यूराेका अनुसार किशाेरले विदेशी नागरिकको फोटो र नाम राखेर फेसबुक अकाउन्ट बनाएका थिए । उक्त अकाउन्टबाट पीडित बालिकालाई फ्रेन्ड रिक्वेस्ट पठाए । आफूले चिनेका साथीहरू एड भएको देखेपछि बालिकाले पनि रिक्वेस्ट एसेप्ट गरिन् ।

त्यसको केही दिनपछि उक्त फेसबुक अकाउन्टबाट किशोरले बालिकालाई विभिन्न भिडिओ पठाए । पीडित बालिकाले दिएकाे उजुरीअनुसार टिकटकमा राखेका भिडिओलाई किशोरले एडिट गरेर उनलाई पठाउँथे । त्यस्ता भिडिओमा बालिकाको अनुहार र अन्य महिलाको नग्न तस्वीर जोडिएको हुन्थ्यो ।

यस्ता भिडिओ ती पीडित बालिकालाई मात्र नभई सार्वजनिक रूपमा पोस्ट गरिदिने, उनका आफन्त तथा साथीभाइलाई पठाइदिने गर्थे । यसरी दुःख, हैरानी दिएर डर त्रासमा पारेपछि पीडित बालिका र उनका बाबुले साइबर ब्यूरोमा उजुरी दिएका थिए ।

अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले किशोरलाई बुधबार काठमाडौं घट्टेकुलोबाट पक्राउ परेको हो ।

आरोपित किशोरलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० २०:२६