close

ट्वीटरका ब्लु टिक सब्सक्राइबरले अब २ घण्टा लामो भिडिओ अपलोड गर्नसक्ने

टेकपाना टेकपाना

जेठ ५, २०८० ८:४३

ट्वीटरका ब्लु टिक सब्सक्राइबरले अब २ घण्टा लामो भिडिओ अपलोड गर्नसक्ने

काठमाडौं । अब ट्वीटरका ब्लु टिक सब्सक्राइबरले दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । एलन मस्क एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । 

कम्पनीले नयाँ अपडेट ल्याउँदै आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि यो सुविधा थप गरेको हो । अब ब्लु टिक खरिद गरेका प्रयोगकर्ताले २ घण्टा लामो र ८ जीबीसम्मको भिडिओ अपलोड गर्न सक्नेछन् ।

विशेषगरी पोडकास्ट बनाउने, छोटो फिल्महरू बनाउने लगायतका प्रयोगकर्तालाई ध्यानमा राख्दै कम्पनीले यो सुविधा थप गरेको जनाएको छ । यो भन्दा अगाडि ब्लु टिक सब्सक्राइबरले एक घण्टा लामो र २ जीबीसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने सुविधा थियो । 

हालको लागि आईओएस प्रयोगकर्ताले मोबाइल एपबाट पनि यो सुविधा लिन सक्नेछन् भने एन्ड्रोइड प्रयोगकर्ताले भने हाल यो फिचर वेबभर्सनमा मात्र प्रयोग गर्न सक्नेछन् । यसरी अपलोड गरिएको भिडिओ ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले पनि हेर्न सक्नेछन् ।  

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० ८:४३