close

एक्समा सबै प्रयोगकर्ताका लागि उपलब्ध भयो अडिओ-भिडिओ कलिङ

टेकपाना टेकपाना

फागुन १७, २०८० १४:४०

एक्समा सबै प्रयोगकर्ताका लागि उपलब्ध भयो अडिओ-भिडिओ कलिङ

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि अडिओ तथा भिडिओ कलिङ फिचर उपलब्ध गराएको छ । कम्पनीले एक पोस्ट मार्फत यस विषयमा जानकारी दिएको हो ।

एक्सले गत वर्षको अक्टोबरमा पहिलो पटक यो फिचर रोलआउट गरेको थियो । त्यसयता प्रिमियम तथा आईओएस प्रयोगकर्तामा सीमित राखिएको उक्त फिचर अब भने सम्पूर्ण प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएका हुन् ।

यो फिचर प्रयोग गर्न एक्समा कुनै पनि ब्यक्तिको मेसेज बक्स अर्थात् डीएममा गएर माथि दायाँ कुनामा देखिने कलिङ आइकनमा थिच्नु पर्ने हुन्छ । त्यसभित्र गइसकेपछि भिडिओ वा अडिओ कुन कल गर्ने भन्ने विकल्प छानेर प्रयोग गर्न सकिन्छ ।

यसका साथै तपाईंले आफूलाई ककसलाई भिडिओ तथा अडिओ कल गर्न दिने वा नदिने भन्ने विषय सेटिङभित्र गएर मिलाउन पनि सक्नु हुन्छ ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०८० १४:४०