close

कस्तो होला ‘नथिङ फोन टु’ स्मार्टफोन ?

टेकपाना टेकपाना

जेठ ६, २०८० १२:१७

कस्तो होला ‘नथिङ फोन टु’ स्मार्टफोन ?

काठमाडौं । पारदर्शी फोन निर्माताका रूपमा परिचित नथिङले यस वर्ष नयाँ प्रिमियम फोन सार्वजनिक गर्ने भएको छ । 'नथिङ फोन टु' मोडेलको उक्त फोन सम्भवतः अगस्ट महिनाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

नथिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्ल पेईले हालसम्म नथिङ फोन टु पछिल्लो समयको शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ प्लस जेन वानद्वारा सञ्चालित हुने पुष्टि गरेका छन्, जसको उच्चतम् क्लक स्पिड ३.० गिगाहर्ज रहेको छ ।

यस फोनका अन्य फिचर र स्पेसिफिकेसनबारे विभिन्न हल्ला बाहिरिएका छन् ।

फोनमा १२ जीबीको र्‍याम हुने अपेक्षा गरिएको छ । यसो त नथिङ फोन टुमा ८ जीबी र्‍याम हुने सम्भावना पनि छ । साथै बजारमा १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा फोन खरिद गर्न सकिने अनुमान छ ।

बाहिरिएका केही जानकारीलाई आधार मान्ने हो भने नथिङ फोन टु एन्ड्रोइड १३ अपरेटिङ सिस्टममा आधारित हुनेछ । यसैगरी ५००० एमएएच क्षमताको ब्याट्री भएको उक्त फोनमा १२० हर्ज रिफ्रेशरेट सहितको एमोलेड डिस्प्ले हुनेछ ।

नथिङको पहिलो फोन अर्थात् नथिङ फोन वान नेपाली बजारमा पनि आइसकेको छ, जसको सुरुवाती मूल्य ५८ हजार ९९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८० १२:१७