काठमाडौं । धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने निर्णय गरेको छ । उपमहानगरका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनका अनुसार धरानमा आविष्कार केन्द्र खोल्न आवश्यक बजेट समपूरक मागिएको छ । "प्रदेश र उपमहानगरपालिकाको लगानीमा आविष्कार केन्द्र बन्नेछ," मेयर साम्पाङले भनेका छन्,"केही आविष्कारका काम पनि गरौं भन्ने उद्देश्यका साथ यस्तो निर्णय गरिएको हो ।"
धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले आविष्कार केन्द्र खोल्ने निर्णय कार्यपालिकाले गरेको भए पनि विस्तृत कार्ययोजना भने तय भइनसकेको बताए ।
"राष्ट्रिय आविष्कार केन्द्रसँग मिलेर केन्द्र खोल्ने वा उपमहानगरपालिकाको आफ्नै पहलमा खोल्ने भन्ने विषय टुङ्गिसकेको छैन," उनले भने ।