close

मेरो नाममा फेक अकाउन्ट बनाई अनधिकृत पोस्ट भयोः जनार्दन शर्मा

टेकपाना टेकपाना

जेठ १२, २०८० २१:३५

मेरो नाममा फेक अकाउन्ट बनाई अनधिकृत पोस्ट भयोः जनार्दन शर्मा

काठमाडौं । सामाजिक सञ्जालमा फेक अकाउन्टबाट अनधिकृत पोस्ट हुन थालेपछि नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले त्यस्तो कार्य गर्नेविरुद्ध सचेत गराएका छन् ।

फेसबुकमा एक पोस्ट राख्दै उनले सामाजिक सञ्जालमा आफ्नो नाम र फोटो प्रयोग गरेर प्रोफाइल, ग्रुप, पेज बनाई विभिन्न पोस्ट भइरहेको भन्दै त्यस्तो कार्य नगर्न सचेत गराएका हुन् ।

''मेरो नाम र फोटो प्रयोग गरेर सामाजिक सञ्जालमा प्रोफाइल, ग्रुप, पेज बनाई विभिन्न किसिमका अनधिकृत पोष्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उक्त कार्य नगर्न, नगराउनुहुन सचेत गराउँदछु,'' उनले भनेका छन् ।

सामाजिक सञ्जालमा विशेषगरी सार्वजनिक र चर्चित व्यक्तिहरूको नाममा थुप्रै नक्कली अकाउन्ट देखिन्छ । सामान्य प्रयोगकर्ताले वास्तविक अकाउन्ट पहिचान गर्न नसक्दा नक्कली अकाउन्टहरूबाट गलत र भ्रामक पोस्ट फैलिने समस्या बढ्दो छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० २१:३५