close

एलजी र हुन्डाई मिलेर ईभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्दै

टेकपाना टेकपाना

जेठ १४, २०८० १३:४८

एलजी र हुन्डाई मिलेर ईभी ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्दै

काठमाडौं । दुई कोरियाली कम्पनी एलजी र हुन्डाई मिलेर अमेरिामा विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री उत्पादन गर्ने फ्याक्ट्री स्थापना गर्ने भएको छ ।

यी दुई कम्पनीले ४ अर्ब ३० करोड डलर (५ खर्ब ६६ अर्ब ६९ करोड रुपैयाँ) लगानीमा उक्त फ्याक्ट्री स्थापना गर्न सम्झौता गरेको हो ।

सम्झौता अनुसार यस फ्याक्ट्रीमा दुवै कम्पनीको ५०/५० प्रतिशत शेयर रहनेछ । यही जुलाईदेखि  उक्त फ्याक्ट्रीको निर्माण अमेरिकाको जर्जियामा सुरु हुने बताइएको छ । यस फ्याक्ट्रीलाई कम्पनीले सन् २०२५ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । 

पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै यो फ्याक्ट्रीले प्रतिवर्ष ३० गिगावाट आवरको ब्याट्री उत्पादन गर्ने बताइएको छ, जुन ३ लाख ओटा विद्यु्तीय सवारी उत्पादन गर्नको लागि पर्याप्त हुनेछ । 
     

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १३:५०