close

४६ देशमा उपलब्ध भयो च्याटजीपीटीको आईओएस एप, नेपालमा कहिले ?

टेकपाना टेकपाना

जेठ १४, २०८० १४:३६

४६ देशमा उपलब्ध भयो च्याटजीपीटीको आईओएस एप, नेपालमा कहिले ?

काठमाडौं । गत हप्ताबाट अमेरिकाका प्रयोगकर्ताको लागि मात्र सार्वजनिक भएको च्याटजीपीटीको आईओएस एप एक हप्तामा नै ४६ ओटा देशमा विस्तार भइसकेको छ । सबै देशहरुमा विस्तारै च्याटजीपीटीको आईओएस एप उपलब्ध गराउने ओपनएआईको वाचासँगै यसको विस्तार भइरहेको छ । 

हाललाई यो एप आईफोन प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ । एन्ड्रोइडमा पनि चाँडै नै उपलब्ध गराउने कम्पनीको योजना छ । यो एप सार्वजनिक हुनभन्दा अगाडि प्ले स्टोर र एप स्टोरमा च्याटजीपीटी जस्तै देखिने धेरै नक्कली एपहरूले बजार कब्जा गरेको थियो ।

वेब र मोबाइल एपमा भएको कुराकानी सिंक गर्न मिल्ने फिचर सहित सार्वजनिक भएको यो एपको विस्तार अन्य देशमा पनि हुने कम्पनीले बताएको छ । 

च्याटजीपीटीको मोबाइल एप उपलब्ध भएका देशहरु: 
- अल्बानिया       - अल्जेरिया      - अर्जेन्टिना       - अजरबैजन 
- बोलिभिया        - ब्राजिल          - क्यानडा           - चिलि 
- कोस्टारिका      - क्रोएसिया     - इक्वाडोर          - एस्टोनिया 
- फ्रान्स               - जर्मनी          - घाना               - आयरल्यान्ड 
- भारत               - इराक           - इजराइल         - जमैका 
- जापान             - जोर्डन           - काजकिस्तान   - कोरिया 
- कुवेत              - लेबनान          - लिथुआनिया    - मोरितानिया 
- मोरिसियस      - मेक्सिको       - मोरोक्को        - नामिबिया 
- नाउरु            - नाइजेरिया       - ओमान          - पाकिस्तान 
- पेरु                 - पोल्यान्ड        - कतार             - स्लोभानिया 
- ट्युनिसिया       - न्युजिल्यान्ड     - बेलायत          - यूएई 
- अमेरिका          - निकारागुआ  

यो सूचीमा अन्य देश पनि जोडिदै जाने कम्पनीले बताएको छ । 

  
 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १४:४१